images
images

समाज डेन्टल हस्पिटलको शाखा अब कौशलटार भक्तपुरमा


  • 579
    SHARES
  • २०८० माघ १३ गते शनिबार

    समाज डेन्टल हस्पिटलको शाखा अब कौशलटार भक्तपुरमा

    काठमाडौं । समाज डेण्टल हस्पिटलको ९ औं शाखा भक्तपुरको कौशलटारमा खुलेको छ ।

    ‘दन्त उपचारमा सबैको पहुँच हाम्रो प्रतिबद्धता’ भन्ने उद्देश्यका साथ हस्पिटलले आजदेखि कौशलटारमा नयाँ शाखा सञ्चालनमा ल्याएको हो । आफ्नो स्थापनाको २४ औं वार्षिक उत्सवको अवसरमा नयाँ शाखा विस्तार गरिएको हस्पिटलले जनाएको छ ।​

    शनिवार एक विशेष कार्यक्रम गरी मध्यपुर थिमी नगरपालिकाका वडा नम्बर ३ का अध्यक्ष कृष्णहरि आचार्यले  सेवाको उद्‌घाटन गरे । उत्कृष्ट सेवा दिने प्रतिष्ठित डेण्टल आफ्नो क्षेत्रमा आउँदा उनले खुशी व्यक्त गरे ।​

    उद्घाटनका दिन  सम्पूर्ण सेवाहरूमा ५० प्रतिशत छुट र बाँकी माघ महिनाभरि १५ प्रतिशत छुट दिने हस्पिटलका प्रबन्धक सविन घिमिरेले जानकारी दिए ।

    प्रबन्धक घिमिरेले मुख स्वस्थ्यसम्बन्धी जनचेतना जागरण गर्न र उपचारमा सबैको पहुँच स्थापित गर्न सामान्य शुल्कमा आधुनिक उपकरणहरू प्रयोग गरि एउटौ छानामुनी विशेषज्ञ चिकित्सक द्वारा गुणस्तरीय उपचार प्रदान गर्न उदेश्यसहित ऐतिहासिक धार्मिक, सांस्कृतिक शहर भक्तपुर  क्षेत्रमा पनि आफ्नो सेवा विस्तार गर्न पाउँदा खुसी व्यक्त गरे ।

    कौशलटार भक्तपुरमा सेवा शुभारम्भ गर्दै डेण्टलका कार्यकारी निर्देशक शंकु घिमिरेले सुलभ शुल्कमा दन्त सेवा प्रदानका लागि शाखा विस्तार गर्न पाउँदा खुसी लागेको बताए ।

    समाज डेण्टल हस्पिटलले विगत २४ वर्षदेखि दाँत तथा मुखसम्बन्धी सेवा प्रदान गर्दै आइरहेको छ ।

    हाल नयाँ बानेश्वर, जावलाखेल ललितपुर, राधेराधे भक्तपुर, सनसीटी पेप्सिकोला, बसुन्धारा, बौद्ध जोरपाटी, सीतापाइला र बनेपा काभ्रेमा सञ्चालित छ ।


    images
    images

    Logo