images
images

स्पेशलाइज्ड फण्डका लागि ५ वटा कम्पनी छानिए, पूर्वाधार तयार गर्न निर्देशन


  • 533
    SHARES
  • २०७८ बैशाख १९ गते आइतबार

    स्पेशलाइज्ड फण्डका लागि  ५ वटा कम्पनी छानिए, पूर्वाधार तयार गर्न निर्देशन

    काठमाडौं । नेपाल धितोपत्र बोर्डले विशिष्टिकृत लगानी कोष स्थापना र सञ्चालनका लागि ५ वटा कम्पनीलाई सैद्धान्तिक सहमति दिएको छ । आइतबार बोर्डले ग्लोबल इक्विटी फण्ड प्रा.लि., लक्ष्मी क्यापिटल मार्केट लिमिटेड, एनआईबीएल एस क्यापिटल, एनआईशी एशिया क्यापिटल र एनएमबि क्यापिटललाई अस्तो अनुमतिका लागि पूर्वाधार तयार गर्न सूचित गरेको हो । 

    यसअघि बोर्डले यस्तो कोष स्थापना र सञ्चालन गर्न चाहनेलाई आवेदन दिन आह्वान गरेको थियो । यसरी आह्वान गर्दा ९ वटा कम्पनीले आवेदन दिएका थिए । त्यसमध्ये ५ वटाको काजगात र प्रक्रिया पूरा भएको भन्दै पूर्वाधार तयार गर्न सूचित गरेको हो । बाँकी ४ वटाको लागि भने यस्तो अनुमति दिइने छैन । 

    यस्तो कोष स्थापना र सञ्चालनपछि नेपालमा परम्परागत लगानीका उपकरणको विकल्प तयार हुने बोर्डले विश्वास गरेको छ । 

     


    images

    Logo