images
images

चीनले भिसा दिएन, फोटो हेरेकै भरमा सामान आयात गर्दैछन् व्यवसायी

'नाकाको समस्या सहज भयो, राेजेर सामान ल्याउने वातावरण अझै बनेन'


  • 798
    SHARES
  • २०७८ भाद्र ११ गते शुक्रबार

    चीनले भिसा दिएन, फोटो हेरेकै भरमा सामान आयात गर्दैछन् व्यवसायी

    काठमाडौं । कोरोना महामारीलाई देखाएर चीनले नाका बन्द गर्दा अघिल्लो वर्ष नेपाली व्यवसायीले निकै कष्ट व्यहोरे । हजारौं कन्टेनरहरु सीमापारि रोकिँदा सो क्षेत्रबाट आउने सामानहरु महिनौंदेखि अलपत्र परे । यही कारण अघिल्लो दशैंमा पर्याप्त सामान नेपाल भित्रन समेत पाएन ।

    यो वर्ष पनि दशैं नजिकिएको छ । दशैंका लागि सामानको आयात गर्ने चटारो सुरु हुँदै गर्दा पोहोरभन्दा यो वर्ष परिस्थिति फेरिएको छ । तर, अझै पनि व्यवसायीहरुले खुलेर सामान आयात गर्ने अवस्था भने भइनसकेको राष्ट्रिय व्यवसायी महासंघका अध्यक्ष नरेश कटुवाल बताउँछन् ।

    खासगरी चाडबाडलाई लक्षित गरेर गार्मेन्ट, जुत्ताचप्पल, मोबाइल एसेसरिज, इलेक्ट्रोनिक्स सामानहरु आउने गरेका छन् । अहिले अर्डर गरिएका ती सामानहरु सामान्य ढंगबाटै नेपाल आइरहेको कटुवालको भनाइ छ । तर, अहिले पनि चीनले नेपाली व्यापारीलाई चिनियाँ बजारमा जान दिइरहेको छैन । त्यसैले अहिले पनि अनुमानकै भरमा सामान आयात गर्नुपरेको कटुवालको भनाइ छ । 

    अहिले व्यवसायीले आफूले किन्न चाहेको सामान विवरण मगाउँछन् । चीनमा रहेका व्यापारीहरुले उक्त सामानको फोटो र मूल्य लगायतका विव।णहरु पठाउँछन् । त्यही आधारमा व्यवसायीहरुले सामान अर्डर गर्ने गरेका छन् । कटुवाल भन्छन्, ‘त्यसरी सामान ल्याउँदा चाहेको जस्तो सामान नआइदिने, फरक क्यालिटी र रंगको पर्ने जस्तो जोखिम चाहिँ हुन्छ । तर, आउँदै नआउने स्थितिबाट यो अवस्थामा आइपुग्नुलाई पनि हामीले सकारात्मक मान्नुपर्छ ।’

    कस्तो छ मूल्यको अवस्था ? 

    सामान सहज रुपमा आयात हुन थालेपछि यो वर्ष व्यवसायीको लागतमा कमी आएको छ । ढुवानी भाडामा भएको वृद्धि र भन्सारमा घुस दिनुपर्ने बाध्यता नरहेका कारण व्यवसायीको लागत कम लागे पनि सामानको मूल्य भने केही बढेर आएको व्यवसायीहरु बताउँछन् । 

    अध्यक्ष कटुवालकै भनाइमा प्रत्येक वर्ष औसत १०÷१२ प्रतिशतको दरमा समानाको मूल्यवृद्धि भएर आउने गरेको छ । त्यो मूल्यवृद्धि यसपालि पनि भएको छ । तर, अरु लागत घट्दा यो वर्ष बजारमूल्यमा ठूलो अन्तर नआउने उनको अनुमान छ । 

    नेपालमा वर्षभरीमा आयात हुने सामानमध्ये दशैं, तिहार लगायतका चाडवाडको मुखमा मात्रै ४० प्रतिशत भन्दा बढी वस्तुको आयात हुने गरेको छ । चिनियाँ नाकाबाट आयात असहज हुँदा अघिल्लो वर्ष खासा केन्द्रित व्यापारीले भारत, थाइल्यान्ड लगायतका देशबाट वैकल्पिक आयात गरेका थिए । नाकामा समस्या आएपछि कतिपयले भने कच्चा पदर्थ आयात गरेर यहीँ उत्पादनको तयारी समेत सुरु गरेका थिए । 


    images

    Logo