images
images

दैनिक उपभोग्य बस्तुमा अचाक्ली मुल्यवृद्धि, कुन वस्तुमा कति ?


  • 613
    SHARES
  • २०७८ भाद्र ११ गते शुक्रबार

    दैनिक उपभोग्य बस्तुमा अचाक्ली मुल्यवृद्धि, कुन वस्तुमा कति ?

    काठमाडौँ । आर्थिक बर्ष २०७७/७८ मा दैनिक उपभोग्य वस्तुमा एकदमै धेरै मुल्यबृद्धि देखिएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको वित्तीय अवस्थामा अनुसार दाल तथा गेडागुडीमा १०.६५ प्रतिशत र घ्यु तथा तेलमा १७.५४ प्रतिशत मुल्यबृद्धि देखिएको । 

    साथै खाद्य तथा पेय पदार्थमा ५ प्रतिशत र बस्तु तथा सेवामा २.५१ प्रतिशत मुल्यवर्द्धि देखिएको छ । साथै सुर्तिजन्य पदार्थमा ९.८३ प्रतिशत र यातायातमा ६.४१ प्रतिशत मुल्य देखिएको छ ।  

    खाद्य तथा पेय पदार्थको मुल्यबृद्धि स्थिति

    आर्थिक बर्ष २०७७/७८ मा खाद्य तथा पेय पदार्थको औसत मुल्यबृद्धि घटेको छ । अघिल्लो आर्थिक बर्षमा ८.१६ प्रतिशत रहेको मुल्यबृद्धि ५ प्रतिशतमा झरेको छ । 

    यो बर्ष खाद्यान्न लगायतको बस्तुमा २.८९, दाल तथा गेडागुडीको मुल्यबृद्धि १०.६५, तरकारीको मुल्यबृद्धि ४.३८, माछा तथा मासुको ५.९४, दुध तथा अण्डाको १.८३, घ्यु तथा तेलको १७.५४, फलफुलको ६.८२, चिनि तथा चिनिजन्य वस्तुमा ५.०४ र मसलाको (४.०९) प्रतिशत मुल्यबृद्धि रहेको छ । 

    त्यस्तै, नन अल्कोहलिक पेयमा ६.८४, अल्कोहलिक पेयको ४.९०, सुर्तिजन्य वस्तुमा ९.८३ र होटल तथा रेस्टुरेन्टको ३.७७ प्रतिशत मुल्यबृद्धि रहेको छ । 

    यो विवरण अनुसार तरकारी, माछा तथा मासु, दुध तथा फलफुल लगायतको वस्तुको मृल्यबृद्धि कम रहेको छ भने दाल तथा गेडागुडी, घ्यु तथा तेल लगायतको वस्तुमा अत्याधिक मृल्यबृद्धि देखिएको छ । 

    गैर खाद्य तथा सेवाको मुल्यबृद्धि स्थिति 

    यो आर्थिक बर्षमा लत्ताकपडा तथा जुत्ताचप्पलमा २.७३, आवास तथा उपयोगिताहरुमा ०.९७, फर्निचरका समानहरुमा ३.६७, स्वास्थ्य सेवाका वस्तुहरुमा ३.८०, यातायातका वस्तुहरुमा ६.४१, सञ्चार सेवामा ३.६४, मनोरञ्जनका साधनहरुमा ३.६२, शिक्षामा (०.५३) र अन्य वस्तुहरुमा ८.८५ प्रतिशत मुल्यबृद्धि रहेको छ । 

    औसतमा गैर खाद्य तथा सेवाको क्षेत्रमा मुल्यबृद्धि घटेको देखिएको छ । अघिल्लो बर्ष ४.६२ प्रतिशत रहेको मुल्यबृृद्धि २.५१ प्रतिशतमा झरेको छ । यातायातको क्षेत्रमा मुल्यबृद्धि धेरै देखिएपनि अन्य क्षेत्रमा अघिल्लो बर्षको भन्दा खासै धेरै मुल्यबृद्धि नदेखिएको राष्ट्रबैंकको विवरणमा उल्लेख छ । 

    उपत्यकामा मुल्यबृद्धिको स्थिति

    यो आर्थिक बर्षमा काठमाडौँ उपत्यकामा पनि मुल्यबृद्धि घटेको देखिएको छ । अघिल्लो बर्ष ६.९६ प्रतिशत रहेको मुल्यबृद्धि घटेर ३.३३ प्रतिशतमा झरेको छ । 

    खाद्य तथा पेय पदार्थमा ५.७७ र गैर खाद्य तथा सेवामा १.७४ प्रतिशत मुल्यबृद्धि उपत्यकामा देखिएको छ । 

    हिमाल, पहाड र तराईमा मुल्यबृद्धि

    भौगोलिक हिसाबमा रहेका हिमाल पहाड र तराईमा पनि यो बर्ष मुल्यबृद्धि घटेको छ । अघिल्लो बर्ष हिमाल, पहाड र तराइमा क्रमश स् ५.१०, ४.९१ र ६.२९ प्रतिशत मुल्यबृद्धि रहेको थियो । यो आर्थिक बर्षमा हिमाल, पहाड र तराईमा क्रमश : ३.८७, २.८७ र ३.६८ प्रतिशत मुल्यबृद्धि रहेको छ । 

    तर, आर्थिक बर्ष २०७७/७८ मा दैनिक उपभोग्य सामानहरु बाहेकमा मुल्यबृद्धि कम देखिएको छ । यो बर्ष औसत उपभोक्ता मुल्यबृद्धि घटेको देखिएको छ । अघिल्लो आर्थिक बर्षमा ६.१५ प्रतिशत रहेको औसत मुल्यबृद्धि घटेर ३.६ प्रतिशतमा झरेको छ । साथै असारमा बार्षि विन्दुगत उपभोक्ता मुल्यबृद्धि ४.१९ प्रतिशत रहेको छ । जुन अघिल्लो आर्थिक बर्षमा ४.७८ प्रतिशत रहेको छ । 


    images

    Logo