images
images

आगामी आर्थिक वर्षको बजेट सिलिङ १८ खर्ब


  • 371
    SHARES
  • २०८० फाल्गुण ४ गते शुक्रबार

    आगामी आर्थिक वर्षको बजेट सिलिङ १८ खर्ब

    काठमाडौं । आगामी आर्थिक वर्ष २०८१/८२ का लागि बजेट सिलिङ १८ खर्ब रुपैयाँ तोकिएको छ। अर्थमन्त्री डा.प्रकाशशरण महतले शुक्रबार पत्रकार सम्मेलन गरी आगामी वर्ष यो सीमाभित्र रहेर बजेट आउने जानकारी गराएका हुन्।

    राष्ट्रिय योजना आयोगका उपाध्यक्षको नेतृत्वमा रहने स्रोत समितिले बजेट सिलिङ निर्धारण गरेको हो।

    पत्रकार सम्मेलनमा मन्त्री महतले चालू आर्थिक वर्षको बजेट कटौती नभएको बताए। उनले संसदले पारित गरेको बजेट अर्थमन्त्रालयले कटौती गर्न नसक्ने भन्दै बजेट कटौती नभएको प्रष्ट पारे।

    यसअघि डा. महतले अर्धवार्षिक समीक्षामार्फत चालू बजेट १२.६२ प्रतिशतले बजेटको आकार घटाएर १५ खर्ब ३० अर्बमा झारेका थिए ।

    चालू आर्थिक वर्षमा १७ खर्ब ५१ अर्ब ३१ करोड रूपैयाँको बजेटलाई घटाएर १५ खर्ब ३० अर्ब २६ करोडमा सीमित गरिएको छ । लक्ष्यअनुरुप आम्दानी हुने अवस्था नदेखिएकाले बजेटको आकार घटाइएको अर्थमन्त्रीले बताएका थिए ।


    images

    Logo