images
images

पहिलो कारोबारसँगै रुरुको शेयर ट्रयापमा, ३ लाख कित्ता बढीको माग, बेच्ने कोही छैनन्


  • 526
    SHARES
  • २०७८ बैशाख २० गते सोमबार

    पहिलो कारोबारसँगै रुरुको शेयर ट्रयापमा, ३ लाख कित्ता बढीको माग, बेच्ने कोही छैनन्

    काठमाडौं । रुरु जलविद्युत् कम्पनीको शेयर कारोबार उच्च मूल्यमा भएको छ । नेपाल स्टक एक्सचेञ्जले दिएको ओपन रेञ्जको माथिल्लो मूल्य ३ सय ५६ रुपैयाँमा रुरुको पहिलो कारोबार भएको हो । 

    बजार खुल्नेबित्तिकै सो कम्पनीको कारोबार भएको थियो । सो शेयर ४ नम्बर ब्रोकरबाट बिक्री भएको र ४१ नम्बर ब्रोकरले किनेको देखिएको छ ।

    पहिलो कारोबार ३ सय ५६ रुपैयाँमा भए पनि सोमकार नै सो शेयर ३५ रुपैयाँसम्म बढ्नसक्ने अवस्था थियो । सो शेयरका लागि बजारमा ३ लाख कित्ता भन्दा बढीको माग समेत आएको छ । तर, बजारमा बेच्ने कोही नभेटिँदा रुरुको शेयर बढ्न सकेको छैन । 


    images

    Logo