काठमाडौं । अपि पावर कम्पनीले २९.३८ प्रतिशत हकप्रद निष्कासन गर्ने स्वीकृति पाइएको छ । आइतबार बोर्डले अपिलाई हकप्रद निष्कासनको अनुमति दिएको हो ।
अपि पावरले यसअघि शतप्रतिशत हकप्रद निष्कासनको प्रस्ताव गरेको थियो । तर, अपिले गरेको उक्त प्रस्तावलाई बोर्डले स्वीकार गरेको थिएन ।
अहिले बोर्डको स्वीकृतिसँगै ५६ करोड ७० लाख बराबरको ५६ लाख ७० हजार शेयर निष्कासन गर्ने बाटो खुला भएको छ ।