images
images

मुलुकलाई औषधिमा आत्मनिर्भर बनाउन सरकारको उचित सहयोग आवश्यक –औषधि उद्योगीहरू


  • 430
    SHARES
  • २०७८ भाद्र १८ गते शुक्रबार

    मुलुकलाई औषधिमा आत्मनिर्भर बनाउन सरकारको उचित सहयोग आवश्यक –औषधि उद्योगीहरू

    काठमाडौं । नेपाललाई औषधिमा आत्मनिर्भर बनाउन सरकारी नीति तथा कानूनमा परिमार्जनका साथ सोहीअनुसार अनुकुल वातावरण बनाउनुपर्ने सुझाव औषधि उद्योगीहरूको छ । केही वर्ष अघिसम्म करिव १० प्रतिशत मात्र स्वदेशी उत्पादन रहेकोमा अहिले त्यो बढेर करिव ५० प्रतिशत पुगेको छ । स्वदेशी उद्योगलाई प्रोत्साहन गर्ने सरकारी नीति र उपयुक्त वातावरण बन्न सक्यो भने छिट्टै नेपाललाई औषधिमा ८० देखि ९० प्रतिशत आत्मनिर्भर बनाउन सकिने दावी उद्योगीहरूको छ ।

    यसका लागि हाल औषधि ऐन २०३५ सहितलाई संशोधन गर्नुपर्छ ।औषधि उद्योगीहरूसंग आज महासंघ सचिवालयमा आयोजित एक कार्यक्रममा औषधि लगायतउद्योग व्यवसायसंग सम्बन्धित जतिपनि ऐन कानूनहरू छन् तीनको प्रस्तावनामै उद्योगव्यवसायलाई निरूत्साहित गर्ने खालको भाषा रहेकाले त्यसमा व्यापक सुधारको खांचो रहेको सुझावउनीहरूले दिएका छन्। एक तथ्यांक अनुसार नेपालको औषधि बजार करिव ४५ देखि ५० अर्वकोरहेको छ । त्यसमा हाल ५० प्रतिशत हिस्सा स्वदेशी उद्योगका उत्पादनले ओगटेको छ भने बांकीऔषधि भारत लगायतका मुलुहरूबाट आयात हुने गरेको छ ।केही स्वदेशी उद्योगहरूले थोरै मात्रामा निर्यात समेत गर्दै आएका छन् । 

    औषधीको बजार प्रत्येकवर्ष १८ देखि २० प्रतिशतले बढ्दै गएको बताइन्छ । औषधिमा आत्मनिर्भर बन्नका लागि अनुकुलनीति र त्यसको प्रभावकारी कार्यान्वयन अहिलेको प्रमुख आवश्यकता हो । त्यसो हुन सक्यो भनेयस क्षेत्रमा वाह्य लगानी, प्रविधि समेत आकर्षणमा ठूलो सहयोग पुग्ने दावी छ । सरकारउत्पादनमुखी राजस्व प्रणालीतर्फ सिफ्ट हुनुपर्ने सुझाव उद्योगीहरूको छ ।

    नेपाल सन् २०२६ सम्मअल्पविकसित मुलुकबाट विकासशील मुलुकमा रूपान्तरणकोतयारीमा रहेपनि सरकारको तदारूकता सोही अनुसारका नदेखिएकाले त्यसमा निरन्तर झक्झक्याउने काम गर्नुपर्ने धारणा सो अवसरमाव्यक्त गरियो ।नेपाल औषधि उत्पादक संघ(एपोन)का नवनिर्वाचित पदाधिकारी एवं कार्य समिति सदस्यहरूकोसम्मानमा महासंघले आयोजना गरेको स्वागत एवं बधाई कार्यक्रममा औषधि उद्योगीहरूलेमहासंघले अगाडी सारेको राष्ट्रिय आर्थिक रूपान्तरणको मार्गचित्र (नेट) २०३० लाई सफल पार्नआफ्नो क्षेत्रबाट पूर्ण सहयोग रहने प्रतिवद्धता समेत जनाए ।महासंघका अध्यक्ष शेखर गोल्छालेऔषधि उत्पादक संघका पदाधिकारीहरूलाई बधाई दिंदै मुलुककोआर्थिक भविष्य उज्जल बनाउने लक्ष्यका साथ महासंघले ल्याएको नेट २०३० को सफल कार्यान्वयनमा सहकार्य गर्न आग्रह गरे  ।

    मानिसको स्वास्थ्य जस्तो अत्यन्त महत्वपूर्ण क्षेत्रसंग जोडिएको तपाईहरूको उद्योगधन्दालाई प्रवद्र्धनगर्ने कार्यमा महासंघले सधै नेतृत्वदायी भूमिकामा रहेर सहयोग गर्छ, कहां समस्या छन्, के गर्दा ती समस्या समाधान भई मुलुकलाई औषधिमा आत्मनिर्भर बनाउन सकिन्छ, लगानी विस्तार रोजगारीसृजना गर्न सकिन्छ एकै ठाउंमा बसौं अप्ठेराहरू पहिचान गरी त्यसको कार्यान्वयका लागिसरकारमा पहल गरौ, महासंघ त्यसको नेतृत्व लिएर अगाडी बढ्न तयार छ, अध्यक्ष गोल्छाले भने । महासंघका उपाध्यक्षद्वय दिनेश श्रेष्ठ र अन्जन श्रेष्ठले महासंघले आफ्ना सदस्यहरूको समस्या समाधानमा सधै उच्च प्राथमिकता दिएको विश्वास दिलाए  । 

    उद्योगधन्दाको विकास विस्तारमारहेका समस्याहरूको पहिचान गरी तीनको समाधान र औषधि लगायतका उत्पादनहरूमा मुलुकलाईआत्मनिर्भर बनाउनेतर्फ महासंघले निजी क्षेत्रका तर्फबाट सरकारमा स्ट्रब लवी गर्ने प्रतिवद्धता जनाए  । औषधी उत्पादक संघका अध्यक्ष प्रज्जवलजंग पाण्डेले केही वर्ष अघिसम्म पनि नेपालमै औषधि बन्छर भन्ने आमधारणा रहेकोमा अहिलेकेही मात्रामा निर्यात समेत गर्न सक्ने अवस्थामा पुगेको बताउंदैसरकारको उचित सहयोग हुन सक्यो भने अवको केही वर्षमै मुलुकलाई आत्मनिर्भर बनाउन सकिनेदावी गरे । 

    मुलुकलाई आत्मनिर्भर बनाउने अभियानमा हामी छौ यसमा हामीले महासंघबाट ठूलो सहयोगको अपेक्षा गरेको छौं उनले भने –मुलुकको उज्जवल आर्थिक भविष्यको परिकल्पनाका साथ महासंघले अगाडी बढाएको नेट २०३० मा आफ्नो संस्थाको पूर्ण सहयोग रहने प्रतिवद्धता जनाए  ।


    images

    Logo