images
images

बीमा कम्पनीहरुलाई फोर्स मर्जरमा लैजानसक्ने बीमा समितिको चेतावनी 

कम्पनीका अध्यक्षसँग समितिका अध्यक्षको गुनासै गुनासो


  • 634
    SHARES
  • २०७८ भाद्र २३ गते बुधबार

    बीमा कम्पनीहरुलाई फोर्स मर्जरमा लैजानसक्ने बीमा समितिको चेतावनी 

    काठमाडौं । बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले बीमा क्षेत्र प्रभावकारी नभएको भन्दै अध्यक्षहरुसँग गुनासो गरेका छन् । बीमा समितिले बुधबार बीमा कम्पनीका अध्यक्षहरुसँग छलफल गर्दै अध्यक्ष सिलवालले कम्पनीहरुभित्र सुशासनको अभाव रहेको, कारोबार दुरुस्त राख्न नसकेको तथा पारदर्शिताको अभाव रहेको गुनासो गरेका हुन् । 

    ‘बीमा कम्पनीहरुको लगानीमा विविधिकरण छैन, लगानीको वार्षिक योजना छैन, जनशक्ति विकासको कार्यक्रम छैन, बीमा सचेतना जगाउने विज्ञापनको व्यवस्था छैन ।’ अध्यक्ष सिलवालले भने, ‘समस्या धेरै भए, यसतर्फ बीमा कम्पनीका अध्यक्षहरुको ध्यान जानुपर्यो र भूमिका प्रभावकारी हुनुपर्यो ।’

    उनले अहिले व्यक्तिको इच्छाअनुसार बीमा कम्पनी चल्ने गरेको गुनासो समेत गरे । तर, सञ्चालक समितिले प्रमुख कार्यकारी अधिकृतले कसरी कम्पनी चलाएको छ भनेर प्रभावकारी रुपमा अनुगमन गर्न सकेत नसेकेको उनले दोहोर्याए । 

    त्यस्तै, समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले जीवनबीमा कम्पनीहरुको आन्तरिक कार्यविधि गुणस्तरीय नभएको, बीमांकीय मूल्यांकन समयमै गराएर वित्तीय विवरण स्वीकृत गराउन नसकेको, यथार्थ जोखिमको मूल्यांकन नै नगरी बीमालेख जारी हुने गरेको, पूर्वाधार क्षेत्रमा लगानी केन्द्रित हुन नसकेको, शेयरमा लगानी अपारदर्शी भएको, खरिद प्रक्रिया पनि पारदर्शी हुन नसकेको, समयमा दाबी भुक्तानी गर्न नसकेको, सरेन्डर दिनदिनै बढ्दै गएको जस्ता समस्याहरु रहेको बताए । 

    समितिले पौडेलले बीमा कम्पनीहरुलाई लगानी विविधिकरण गर्न, नयाँ प्रकारका बीमालेखहरु ल्याउन, सुशासन कायम गर्न र क्रस होल्डिङको सीमालाई कायम गर्न सचेत समेत गराएको छ । अन्यथा त्यस्ता कम्पनीलाई फोसै मर्जरमा लैजानसक्ने चेतावनी समेत दिएको छ ।


    images

    Logo