images
images

नेपालमा ५२ देशको प्रत्यक्ष लगानी, चीन र भारतको मात्रै ९३ अर्ब 


  • 978
    SHARES
  • २०७८ भाद्र २४ गते बिहीबार

    नेपालमा ५२ देशको प्रत्यक्ष  लगानी, चीन र भारतको मात्रै ९३ अर्ब 

    काठमाडौँ । नेपालमा ५२ देशले  १ खर्ब ९८ अर्ब रुपैँया प्रत्यक्ष वैदेशिक लगानी गरेका छन् । नेपाल राष्ट्र बैंकको आर्थिक अनुसन्धान विभागका अनुसार १९८ विदेशि कम्पनीले नेपालमा उक्त रकम लगानी गरेका हुन् । 

    राष्ट्र बैंकको उक्त विभागले नेपालमा हुने वैदेशिक लगानीको विषयमा अध्ययन गर्ने गर्दछ । विहीबार प्रतिवेदन सार्वजनिक गरेको विभागले आर्थिक वर्ष २०७६–७७मा ५२ देशका १९८ कम्पनीले १ खर्ब ९८ रुपैँया नेपालमा वैदेशिक लगानी भएको उल्लेख गरेको हो । यो लगानी अघिल्ला आर्थिक वर्षहरुको भन्दा ८.५ प्रतिशत बढी हो । 

    विभागको सर्वेक्षण अनुसार विदेशि कम्पनीले गरेको लगानीको मौज्दात ८.५ प्रतिशतले वृद्धि भई १ खर्ब ९८ अर्ब ५२ करोड रुपैँया कायम भएको जनाएको छ । त्यस्तै, लगानीमध्ये चुक्ता पुँजीको अंश ५४.४ प्रतिशत, रिजर्भ ३३.८ प्रतिशत र कर्जाको अंश ११.८ प्रतिशत रहेको राष्ट्र बैंकको प्रतिवेदनमा उल्लेख गरिएको छ । चुक्ता पुँजीको अंश २२.६ प्रतिशतले बढेपछि वैदेशिक लगानीमा वृद्धि आएको छ । 

    नेपालमा लगानी गरिरहेका ५२ देशमध्ये छिमेकी राष्ट्र चीन र भारतको लगानी धेरै देखिएको छ । भारतले ६२ अर्ब ४५ करोड रुपैँया र चीनले ३० अर्ब ९७ करोड रुपैँया नेपालमा लगानी गरिरहेको छ । त्यस्तै सेन्ट किष्टस एण्ड नेभिसबाट १५ अर्ब २७ करोड,  आयरल्याण्डबाट १२ अर्ब ९३ करोड र सिंगापुरबाट १२ अर्ब ४३ करोड रुपैँया वैदेशिक लगानी आएको प्रतिवेदनमा उल्लेख गरिएको छ । 

    विदेशिहरुले नेपालको औद्योगिक, सेवा तथा जलविद्युत्को क्षेत्रहरुमा लगानी गरेका छन् । वैदेशिक लगानीको ५६ प्रतिशत औद्योगिक क्षेत्रमा लगानी भएको देखिएको छ । त्यस्तै, सेवाको क्षेत्रमा ४३.९ प्रतिशत लगानी रहेको छ । 

    उत्पादनको क्षेत्रमा २८.३ प्रतिशत तथा जलविद्युत्को क्षेत्रमा २७.५ प्रतिशत विदेशि लगानी भित्रीएको छ । सेवा क्षेत्रअन्र्तगत बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीमा २७.३ प्रतिशत वैदेशिक लगानी रहेको छ । 


    images

    Logo