काठमाडौं । नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले संस्थापक समुहको शेयर लिलाम बिक्री गर्ने भएको छ ।
वित्तीय संस्थाले संस्थापक समुहको ३६ हजार ५ सय कित्ता संस्थापक शेयर लिलाम बिक्री गर्न लागेको हो ।
कम्पनीले उक्त शेयरको न्युनतम मुल्य १ हजार २२ रुपैयाँ तोकेको छ ।
सो शेयर खरिदका लागि इच्छुक जो कोही व्यक्ति कम्पनी,संघ संस्थाहरुले असोज १३ गते भित्र शिलबन्दी बोलपत्र आवेदन दिन सक्नेछन् ।
उक्त शेयर खरिदका लागि न्युनतम १००० कित्ताको लागि आवेदन दिनुपर्नेछ भने अधिकतम शेयर संङ्ख्याको लागि कुनै हद लाग्ने छैन ।
नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था को शेयर बिक्री प्रबन्धक आरबीबी मर्चेन्ट बैंकिङ् लिमिटेड रहेको छ ।