काठमाडौँ । मंगलबार प्रतिनिधिसभाले बजेट प्रतिस्थापन विधेयक पास गर्न नसकेपछि सरकार वजेटविहीन हुने भएको छ । बुधबार मध्यरातपछि सरकार बजेटविहीन हुने भएको हो ।
अघिल्लो सरकारले जेठ १५ गते अध्यादेशमार्फत ल्याएको बजेटलाई वर्तमान सरकारले संसदमा साउन ३ गते प्रतिस्थापन विधेयक पेश गरेको थियो । अध्यादेश मार्फत ल्याइएको बजेट संसद शुरु भएको ६० दिनभित्र पास गर्नुपर्ने व्यवस्था संविधानको धारा ११४ ले गरेको छ । अन्यथा बजेट स्वत निष्क्रिय हुनेछ ।
आज मध्येरातपछि सरकार वजेटविहीन बन्दैछ । भोलिदेखि सरकारी कोषबाट खर्च गर्न पाइनेछैन । साथै कर्मचारीको तलव भत्ता लगायतका सेवा सुविधाहरु रोकिने छन् । यो समयलाई वजेट होलिडे भनिन्छ ।
पछिल्लो पटक सन् २०१८–१९ मा अमेरीकी राष्ट्रपति डोनाल्ड ट्रम्प सरकारले ल्याएको बजेट पास नभएपछि सरकार सटडाउन भएको थियो । ३५ दिन चलेको सटडाउनले ८ लाख ५० हजार संघिय कामदारको जागिर गएको थियो । सो अवधिमा कर्मचारीको तलव भत्ता, संघिय बजेटबाट सञ्चालित योजनाहरु ठप्प भएका थिए ।
ट्रम्प सरकारकाे सटडाउन अमेरीकी इतिहासकै लामो अवधिको सटडाउन थियो । त्यसअघि सटडाउन हुने गरेपनि छोटो समयावधिका लागि मात्रै भएको थियो । उक्त सटडाउनमा बेला अमेरीकी सरकारले १ अर्ब १० करोड अमेरीकी डलर घाटा व्यहोर्नुपरेको थियो । त्यसअघि ओबामा सरकारको पालामा भएको सटडाउनमा २० करोड अमेरीकी डलर घाटा व्यहोर्नु परेको थियो ।
नेपालमा पनि भोलिदेखि बजेट होलिडे शुरु हुँदैछ ।


