images
images

कहाँ गएर साट्ने नयाँ नोट ?


  • 730
    SHARES
  • २०७८ भाद्र ३१ गते बिहीबार

    कहाँ गएर साट्ने नयाँ नोट ?

    काठमाडौँ । नेपाल राष्ट्र बैंकले नयाँ नोट साट्नको लागि काउन्टर तोकेको छ । बुधबार बैंकले सुचना जारी गर्दै चाडपर्वको अवसरमा हुने नोट सटहीको लागि काउन्टर तोकेको हो ।

    सर्वसाधारणले असोज ४ गतेदेखि राष्ट्र बैंकबाट इजाजत प्राप्त वाणिज्य बैंकहरुबाट नोट साट्न पाउने भएका छन् । उपत्यकामा वाणीज्य बैंकको तोकिएका शाखाबाट नोट साट्न पाइने राष्ट्र बैंकले जनाएको छ । 

    उपत्यका बाहिरको हकमा भने राष्ट्र बैंकको प्रादेशिक कार्यालय र वाणीज्य बैंकका तोकिएका शाखाबाट नोट साट्न सकिन्छ । 

    नोट सटही सेवा लिँदा स्थानीय प्रशासनले तोकेको स्वास्थ्य मापदण्ड अपनाउन  राष्ट्र बैंकले आग्रह गरेको छ । 


    images

    Logo