images
images

४ कम्पनीको साढे २ लाख कित्ता शेयर आजदेखि लिलामीमा


  • 523
    SHARES
  • २०७८ भाद्र ३१ गते बिहीबार

    ४ कम्पनीको साढे २ लाख कित्ता शेयर आजदेखि लिलामीमा

    काठमाडौं । चार वटा कम्पनीको संंस्थापक शेयर आजदेखि लिलामीका लागि खुला भएको छ । प्राइम कमर्शीयल बैंक, प्रभु बैंक, ग्रामिण विकास लघुवित्त वित्तीय संस्था र नेशनल लाइफ इन्स्योरेन्स कम्पनीको संस्थापक शेयर आजदेखि लिलामीका लागि खुला हुने भएको हो । 

    प्रुडेन्सियल क्यापिटल म्यानेजम्यान्ट लिमिटेडले आफ्नो स्वामित्वमा रहेको चार  कम्पनीको संस्थापक शेयर लिलाम बिक्री गर्न लागेको हो । 

    प्रभु बैंकको ५० हजार कित्ता, प्राइम कमर्शीयल बैंकको १ लाख कित्त्ता,ग्रामिण विकास लघुवित्त वित्तीय संस्थाको ३५ हजार कित्ता र नेशनल लाइफ इन्स्योरेन्सको १ लाख कित्ता शेयरका लागि बिक्री प्रबन्धक एन आई सी एशिया क्यापिटलले आजदेखि बिक्री खुला गरेको हो ।

    उक्त तीन कम्पनीमा शेयरका लागि न्यूनतम २००० कित्ताका र अधिकतम सबै कित्ताका लागि आवेदन दिन सकिनेछ । प्राइम कमर्शीयल बैंकको शेयर मुल्य २०८ रुपैयाँ, नेशनल लाइफ इन्स्योरेन्सको शेयर मुल्य ४०१ रुपैयाँ, ग्रामिण विकास लघुवित्त वित्तीय संस्थाको शेयर मुल्य ४०० रुपैयाँ र प्रभु बैंकको शेयर मुल्य २०५ रुपैयाँ तोकिएको छ । 

    उक्त शेयर खरिदका लागि संस्थापक वा जो कोही व्यक्ति, कम्पनी, संघसंस्थाहरुले आवेदन दिन सक्नेछन् । 

    इच्छुुक व्यक्तिले एन आई सी एशिया क्यापिटलमा आवेदन दिन सक्नेछन्।


    images

    Logo