पोखरा । लेखनाथ उद्योग वाणिज्य संघको अध्यक्षमा क्षेत्रधर आत्रेय निर्वाचित भएका छन् । शुक्रबार सम्पन्न संघको २५ औं साधारणसभा र १३ औं अधिवेशनले आत्रेयलाई अध्यक्षमा सर्वसम्मत रुपमा निर्वाचित गरेको हो । अध्यक्षको लागि अरु कोही आकांक्षी नभएपछि आत्रेय निर्विरोध भएका थिए ।
संघको बाँकी कार्यसमितिको लागि भने अहिले मतदान भइरहेको छ । मतदानको नतिजा भोलिसम्म सार्वजनिक भइसक्ने र यसले कार्यसमितिमा रहने सदस्यको टुंगो लगाउने नवनिर्वाचित अध्यक्ष आत्रेयले जानकारी दिए ।
संघमा हाल निवर्तमान भइसकेका अध्यक्ष बलराम ढकालको अध्यक्षतामा शुक्रबार भएको साधारणसभामा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छा, उपाध्यक्षहरु दिनेश श्रेष्ठ, अञ्जन श्रेष्ठ लगायत समेत सहभागी थिए ।