images
images

पोखरा फाइनान्सले एकैपटक गर्यो नेपालगञ्ज र कोहलपुरमा नयाँ शाखा विस्तार


  • 413
    SHARES
  • २०७८ आश्विन ४ गते सोमबार

    पोखरा फाइनान्सले एकैपटक गर्यो नेपालगञ्ज र कोहलपुरमा नयाँ शाखा विस्तार

    पोखरा । पोखरा फाइनान्सले एकैपटक नेपालगञ्ज र कोहलपुरमा नयाँ शाखा विस्तार गरेको छ । पोखराको न्यूरोडमा प्रधान कार्यालय रहेको पोखरा फाइनान्स लिमिटेडले आजदेखि दुई नयाँ शाखा कार्यालयहरु सञ्चालनमा ल्याएको हो । 

    फाइनान्सले लुम्बिनी प्रदेशको बाँके, नेपालगञ्ज उ.म.न.पा. वडा नं. १ धम्बोजी, सुर्खेत रोडमा र बाँके जिल्ला, कोहलपुर न.पा. वडा नं. ११ कोहलपुर चोकमा आफ्नो २३ औं र २४ औं शाखा कार्यालयहरु सञ्चालनमा ल्याएको हो ।

    राष्ट्रियस्तरको यस वित्तीय संस्थाले शाखा सञ्जाल एवं ग्राहक सेवा विस्तारको लागी विभिन्न जिल्लाहरुमा शाखा खोलिने उद्देश्य अनुरुप नेपालगञ्ज र कोहलपुरमा नयाँ शाखाहरु खोलिएको फाइनान्सले जनाएको छ ।

    यस शाखाहरु मार्फत संस्थाले निक्षेप संकलन, कर्जा लगानी, डिम्याट, मोवाइल बैकिङ, सिआस्वा, आइपिएस, चेक क्लियरिङ रेमिटेन्स लगायत अन्य आधुनिक बैकिङ सेवाहरु प्रवाह गरिने वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत रविचन्द्र गुरुङले बताए ।

    चुक्तापुँजी ९६.३१ करोड रहेको यस वित्तीय संस्थाको हालसम्मको निक्षेप ९ अर्व ३४ करोड तथा कर्जा लगानी ७ अर्व ४६ करोड रहेको छ ।


    images

    Logo