images
images

५० वटा औद्योगिक ग्राम घोषणा हुँदै


  • 421
    SHARES
  • २०७८ आश्विन ५ गते मंगलबार

    ५० वटा औद्योगिक ग्राम घोषणा हुँदै

    काठमाडौं । चालू आर्थिक वर्षमा ५०  वटा  औद्योगिक  ग्राम  घोषणा  हुने  भएका  छन्  ।  घोषणा  गरी  निर्माण  कार्य  गर्न  बजेट  विनियोजन  भइसकेको  उद्योग,  वाणिज्य  तथा  आपूर्ति मन्त्रालयले जनाएको छ । घोषणा हुन बाँकी रहेका स्थानीय तहमा यस वर्ष घोषणा गरिनेछ । 

    विभिन्न स्थानीय तहबाट औद्योगिक ग्राम घोषणाको प्रस्ताव आइरहेका छन् । मन्त्रालयको औद्योगिक पूर्वाधार शाखाका उपसचिव शान्ता नेपाल  मरासिनीले  भनिन्,  “नयाँ  औद्योगिक  ग्राम घोषणाका लागि नयाँ करिब १५ वटा प्रस्ताव आइसकेका  छन्  ।  मापदण्डअनुसार  चेकजाँच  गरेर  तयारी  अवस्थामा  छ  ।  मन्त्री  आएपछि  क्याबिनेटमा लैजाने र घोषणा गर्ने काम हुन्छ ।” 

    आर्थिक  वर्ष  २०७७/७८  मा  ७०  वटा  औद्योगिक ग्राम घोषणा गर्ने योजना भए पनि २९ वटा मात्र गरिएको थियो । मापदण्डअनुसारका प्रस्ताव  नआएपछि  घोषणा  गर्न  नसकिएको  मन्त्रालयले जनाएको छ । कोरोना महामारीको बन्दाबन्दीले पनि प्रभावित बनाएको मरासिनीको भनाइ छ ।  स्थानीय तहबाट औद्योगिक ग्राम घोषणाको प्रस्ताव आउन ढिलाइ भएको कारणले पनि कम घोषणा हुन पुगेको उनको भनाइ छ । 

    गत  मङ्सिरमा  १३  वटा  र  माघमा  १६  स्थानीय तहमा औद्योगिक ग्राम घोषणा गरिएको थियो । प्रत्येक स्थानीय तहमा एक औद्योगिक ग्राम स्थापना गरी सञ्चालनमा ल्याउने नीतिअनुसार आर्थिक वर्ष २०६७/७७ देखि औद्योगिक ग्राम घोषणा  गरिँदै  आएको  छ  ।  २०६७÷७७  मा  ४५  वटा  औद्योगिक  ग्राम  घोषणा  गरी  निर्माण  भइरहेको छ । हालसम्म ७४ वटा स्थानीय तहमा औद्योगिक ग्राम घोषणा भई निर्माण कार्य भएका छन् । चालू आर्थिक वर्षमा थप ५० वटा घोषणा हुनेछन् । एउटा उद्योग ग्रामका लागि मन्त्रालयले स्थानीय तहलाई तीन किस्तामा तीन करोड रुपैयाँ अनुदान दिन्छ । 

    केन्द्रीय  सरकारले  योजना  बनाएअनुसार  प्रस्ताव  आउन  नसकेपछि  मन्त्रालयले  कार्यविधि  परिवर्तन  गरेको  छ  ।  उपसचिव  मरासिनीले  भनिन्, “स्थानीय  तहहरूको  रायसुझावअनुसार कार्यविधि अलिकति हेरफेर गरेका  छौँ,  थप  सहज  र  प्रभावकारी  बनाउन  यसो गरिएको हो ।” उनका अनुसार औद्योगिक ग्राम स्थापनाका लागि हिमाली तथा दुर्गम पहाडी क्षेत्रमा  ३०  रोपनी  जग्गा  हुनुपर्नेमा  घटाएर  २५  रोपनी  बनाइएको  छ  ।  पहाडमा  ४०  रोपनीबाट  घटाएर ३५ रोपनी जग्गा हुनुपर्ने व्यवस्था गरिएको छ  ।  तराईमा  सात  बिघा  नै  कायम  राखिएको  छ । औद्योगिक ग्राम घना बस्तीदेखि न्यूनतम १ किलोमिटर टाढा हुनुपर्नेछ । 

    सङ्घीय,  प्रदेश  र  स्थानीय  तहको  सहभागितामा  निर्माण  गर्ने  गरी  औद्योगिक  ग्राम घोषणा गरिँदै आएको छ । स्थानीय तहले औद्योगिक ग्रामको सम्पूर्ण विकास निर्माण तथा सञ्चालन  व्यवस्थापन  गर्छ  ।  स्थानीय  तहले  प्रदेश हुँदै सङ्घीय मन्त्रालयमा प्रस्ताव पठाएपछि अध्ययन  गरेर  घोषणा  गर्ने  व्यवस्था  छ  ।  गत  वर्ष घोषणा गरिएका २९ वटा औद्योगिक ग्रामलाई मन्त्रालयले ९२ लाख रुपैयाँ उपलब्ध गराइसकेको छ  ।

    दोस्रो  किस्ताको  रकम  पनि  विनियोजन  भइसकेको छ । ३० वटा ग्रामका लागि एक करोड रुपियाँका दरले ३० करोड रुपैयाँ निकासा भएको छ । मरासिनीले भनिन्, “गत वर्ष निर्माण सुरु भएका औद्योगिक ग्रामको दोस्रो किस्ता निकासा भएको  छ  तर  निर्माण  कार्य  प्रगतिका  आधारमा  दिइने भएको छ ।


    images

    Logo