काठमाडौ । सिभिल लघुवित्त वित्तीय संस्थाले लाभांशको घोषणा गरेको छ ।
लघुवित्तले गत आर्थिक वर्ष २०७७/७८ को नाफाबाट १९ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि १ प्रतिशत नगद गरी कुल २० प्रतिशत लाभांश घोषणा गरेको हो ।
असोज १३ गते बसेको लघुवित्त वित्तीय संस्थाको सञ्चालक समितिको बैठकले सो निर्णय गरेको हो ।
कम्पनीका अनुसार कम्पनीले शेयरधनीहरुलाई १९ प्रतिशत बोनस शेयर र त्यसको कर प्रयोजनका लागि लाग्ने नगद लाभांश दिनेछ । यो लाभांश आगामी वार्षिक साधारणसभाले पारित गरेपछि वितरण हुने जनाइएको छ ।
हाल संस्थाको चुक्ता पुँजी २४ करोड २१ लाख २१ हजार ३ सय ७९ रुपैयाँ रहेको छ १९ प्रतिशतका दरले हुन आउने ४ करोड ६० लाख ३ हजार ६२ रुपैयाँ बराबरको बोनस शेयर पछि कम्पनीको चुक्ता पुँजी २८ करोड ८१ लाख २४ हजार ४ सय ४१ रुपैयाँ पुग्नेछ ।


