images
images

काछिसिवाको नेतृत्वमा चाँगुनारायण उद्योग वाणिज्य संघको स्थापना


  • 1.1K
    SHARES
  • २०७८ आश्विन १५ गते शुक्रबार

    काछिसिवाको नेतृत्वमा चाँगुनारायण उद्योग वाणिज्य संघको स्थापना

    भक्तपुर, १५ साउन । भक्तपुर जिल्लाको चाँगुनारायण नगरपालिका क्षेत्रभित्र रहेका उद्योगी तथा व्यापारीहरुको हक हितका निम्ति भन्दै श्रीभक्त काछिसिवाको नेतृत्वमा चाँगुनारायण उद्योग वाणिज्य संघको स्थापना गरिएको छ । भक्तपुरमा परिचित उद्योगी, समाजसेवी तथा राजनीतिकर्मी काछिसिवाको नेतृत्वमा १३ सदस्यीय चाँगुनारायण उद्योग वाणिज्य संघको स्थापना भएको हो ।

    संघको कार्यसमितिमा अध्यक्ष काछिसिवाका साथै उपाध्यक्षमा सुरेस खत्री, महासचिवमा चण्डिका लामिछाने, सचिवमा ईश्वर थापा, कोषाध्यक्षमा श्याम नयाजु श्रेष्ठ र सह–कोषाध्यक्षमा मुकुन्द थापा रहेका छन् । संघको सदस्यमा दिल कुमार बाला, नरेश अवाल, जमुना थापा, शान्ति केसी, पार्बती श्रेष्ठ, मदन श्रेष्ठ र कुल बहादुर न्हेमाफुकी रहेका छन् । 

    नगर क्षेत्रका ब्यवसायीहरुलाई एकजुट गर्न, आईपर्ने प्राविधिक समस्याहरु हल गर्न तथा उद्योगहरुमा नयाँ प्रविधी भित्राउन संघ सक्रिय हुने अध्यक्ष कासिछिवाले बताउँछन् । महिलालाई पनि उद्यमी व्यापारी बनाउदै लानु पर्ने कुरामा जोड दिँदै महासचिव चण्डिका लामिछानेले बिश्वको बिद्यमान आर्थिक मन्दि तथा कोरोनाले पारेको आर्थिक संकट सँग लड्नको निम्ति एक जुट हुनु परेको निश्कर्ष सुनाइन् । 


    images

    Logo