images
images

आफूखुशी शुल्क नलिन इन्टरनेट सेवा प्रदायकलाई दूरसञ्चार प्राधिकरणको निर्देशन


  • 364
    SHARES
  • २०८१ भाद्र २१ गते शुक्रबार

    आफूखुशी शुल्क नलिन इन्टरनेट सेवा प्रदायकलाई दूरसञ्चार प्राधिकरणको निर्देशन

    काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेट सेवा प्रदायकहरूलाई आफूखुशी शुल्क नलिन निर्देशन दिएको छ । साथै प्राधिकरणसँग स्वीकृति लिएर मात्र शुल्क निर्धारण गर्न सूचनामार्फत जानकारी गराएको छ ।

    आफूखुशी शुल्क निर्धारण गर्न नपाउने जानकारीसहित प्राधिकरणले दूरसञ्चार सेवा प्रदायकहरूले सेवा प्रदान गरेबापत ग्राहकसँग लिने शुल्क तथा महसुल दर दूरसञ्चार ऐन २०५३ को दफा ४२ तथा अनुमति पत्रको शर्त बमोजिम प्राधिकरणबाट अनिवार्य रूपमा स्वीकृत गराई प्राधिकरणबाट स्वीकृत भएको मितिसमेत उल्लेख गरी ग्राहक तथा सर्वसाधारणको जानकारीका लागि सूचना प्रकाशित गरेपछि मात्र लागू गर्नुपर्ने कानूनी व्यवस्था रहेको जनाएको छ ।

    कतिपय इन्टरनेट सेवा प्रदायकहरूले सेवाको शुल्क–महसुल दर स्वीकृत नगराई विभिन्न सामाजिक सञ्जाल, पत्रपत्रिका तथा सम्बन्धित सेवा प्रदायकहरूको वेबसाइटमा सूचना प्रकाशन गरी लागू गरेको अवस्था देखिएकाले प्राधिकरणले गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरेको छ ।


    images

    Logo