काठमाडौं । तीन वटा कम्पनीले लाभांंशको घोषणा गरेका छन् । सांग्रिला डेभलपमेन्ट बैंक, ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था र सबैको लघुवित्त वित्तीय संस्थाले लाभांशको घोषणा गरेको हो ।
सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड ले गत आर्थिक वर्षको मुनाफाबाट चुक्ता पुँजीको १० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.५२ प्रतिशत नगद लाभांश गरी कुल १०.५२ प्रतिशत लाभांश दिने घोषणा गरेको हो ।
हाल कम्पनीको चुक्ता पुँजी २ अर्ब ७३ करोड ६९ लाख ७२ हजार ४२० रुपैयाँ रहेको छ। १० प्रतिशत बोनस शेयर पछि बैंकको चुक्ता पूँजी ३ अर्ब १ करोड ६ लाख ६९ हजार ६ सय ६२ रुपैयाँ पुग्नेछ।
उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र बैंकको आगामी साधारणसभाले पारित गरेपछि मात्र शेयरधनीहरुले पाउने छन्।
ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको मुनाफाबाट चुक्ता पुँजीको २८ प्रतिशत लाभांश दिने घोषणा गरेको हो ।
हाल कम्पनीको चुक्ता पुँजी ४३ करोड १७ लाख १० हजार ४ सय ११ रुपैयाँ रहेको छ। २८ प्रतिशत बोनस शेयर पछि लघुवित्तको चुक्ता पूँजी ५५ करोड २५ लाख ८९ हजार ३ सय २६ रुपैयाँ पुग्नेछ।
उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र लघुवित्तको आगामी साधारणसभाले पारित गरेपछि मात्र शेयरधनीहरुले पाउने छन्।
सबैको लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको मुनाफाबाट चुक्ता पुँजीको ३१.०५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि १.६३ प्रतिशत नगद लाभांश गरी कुल ३२.६८ प्रतिशत लाभांश दिने घोषणा गरेको हो ।
हाल कम्पनीको चुक्ता पुँजी २० करोड ६० लाख २७ हजार रुपैयाँ रहेको छ। ३१.०५ प्रतिशत बोनस शेयर पछि लघुवित्तको चुक्ता पूँजी २७ करोड रुपैयाँ पुग्नेछ।
उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र लघुवित्तको आगामी साधारणसभाले पारित गरेपछि मात्र शेयरधनीहरुले पाउने छन्।


