काठमाडौं । १५ लघुवित्त वित्तीय संस्थाले लाभांश दिने घोषणा गरेका छन् । नेप्सेमा सुचीकृत भएका ४३ लघुवित्तमध्ये १५ वटा लघुवित्त कम्पनीले गत आर्थिक वर्ष ०७७/७८ को मुनाफाबाट शेयरधनीहरुलाई लाभांश वितरण गर्ने घोषणा गरेका हुन् ।
सुचीकृत कम्पनीमध्ये लाभांश घोषणा गर्ने कम्पनीहरुमा ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था, मिर्मिरे लघुवित्त वित्तीय संस्था, सबैको लघुवित्त वित्तीय संस्था, एन आई सी एशिया लघुवित्त वित्तीय संस्था, मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था, आशा लघुवित्त वित्तीय संस्था, स्वाभिमान लघुवित्त वित्तीय संस्था, आरएसडीसी लघुवित्त वित्तीय संस्था, लक्ष्मी लघुवित्त वित्तीय संस्था, सिभिल लघुवित्त वित्तीय संस्था, गुराँस लघुवित्त वित्तीय संस्था, डिप्रोक्स लघुवित्त वित्तीय संस्था, साधना लघुवित्त वित्तीय संस्था,स्वरोजगार लघुवित्त वित्तीय संस्था, फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेड आदि रहेका छन् ।
स्वाभिमान लघुवित्त वित्तीय संस्था लिमिटेडको सबैभन्दा धेरै ३२.३ प्रतिशत बोनस सहित ३४ प्रतिशत रहेको छ, भने अहिले सम्म कम लाभांश दिने एन आई सी एशिया लघुवित्त वित्तीय संस्थाको ५.४१ प्रतिशत नगद लाभांश रहेको छ ।
कुनले कति दिए लाभांश ?
ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था :
ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट चुक्ता पुँजीको २८ प्रतिशत लाभांश दिने घोषणा गरेको हो । हाल कम्पनीको चुक्ता पुँजी ४३ करोड १७ लाख १० हजार ४ सय ११ रुपैयाँ रहेको छ। २८ प्रतिशत बोनस शेयर पछि लघुवित्तको चुक्ता पूँजी ५५ करोड २५ लाख ८९ हजार ३ सय २६ रुपैयाँ पुग्नेछ।
मिर्मिरे लघुवित्त वित्तीय संस्था :
मिर्मिरे लघुवित्त लघुवित्त वित्तीय संस्था लिमिटेडलेले गत आर्थिक वर्षको मुनाफाबाट चुक्ता पुँजीको २० प्रतिशत लाभांश दिने घोषणा गरेको हो ।
सबैको लघुवित्त वित्तीय संस्था :
सबैको लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट चुक्ता पुँजीको ३१.०५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि १.६३ प्रतिशत नगद लाभांश गरी कुल ३२.६८ प्रतिशत लाभांश दिने घोषणा गरेको हो । हाल कम्पनीको चुक्ता पुँजी २० करोड ६० लाख २७ हजार रुपैयाँ रहेको छ। ३१.०५ प्रतिशत बोनस शेयर पछि लघुवित्तको चुक्ता पूँजी २७ करोड रुपैयाँ पुग्नेछ।
एन आई सी एशिया लघुवित्त वित्तीय संस्था :
एन आई सी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट चुक्ता पुँजीको ५.४१ प्रतिशत लाभांश दिने घोषणा गरेको हो ।
मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था :
मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले आर्थिक वर्षको मुनाफाबाट चुक्ता पुँजीको २० प्रतिशत बोनस शेयर र १.०५ प्रतिशत कर सहितको नगद लाभांश गरी कुल २१.०५ प्रतिशत लाभांश दिने घोषणा गरेको हो ।
आशा लघुवित्त वित्तीय संस्था :
आशा लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट चुक्ता पुँजीको २५ प्रतिशत बोनस शेयर र १.३१५७८९४ प्रतिशत गरी कुल २६.३१५७८९४ प्रतिशत लाभांश दिने घोषणा गरेको हो । हाल कम्पनीको चुक्ता पुँजी २६ करोड ७१ लाख ३१ हजार २ सय रुपैयाँ रहेको छ बोनस शेयरपछि कम्पनीको चुक्ता पुँजी ३५ करोड १४ लाख रुपैयाँ पुग्नेछ ।
स्वाभिमान लघुवित्त वित्तीय संस्था :
स्वाभिमान लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट ३२ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि १ं.७० प्रतिशत नगद गरी कुल ३४ प्रतिशत लाभांश घोषणा गरेको हो । हाल संस्थाको चुक्ता पुँजी ९ करोड २० लाख ५० हजार रुपैयाँ रहेको छ ३२ प्रतिशतका दरले हुन आउने २ करोड ९७ लाख ३२ हजार १ सय ५० रुपैयाँ बराबरको बोनस शेयर पछि कम्पनीको चुक्ता पुँजी १२ करोड १७ लाख ८२ हजार रुपैयाँ पुग्नेछ ।
आरएसडीसी लघुवित्त वित्तीय संस्था :
आरएसडीसी लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट चुक्ता पुँजीको १० प्रतिशत बोनस शेयर र ०.५२६३ प्रतिशत गरी कुल १०.५२६३ प्रतिशत लाभांश दिने घोषणा गरेको हो । हाल कम्पनीको चुक्ता पुँजी ७३ करोड १९ लाख ५९ हजार ७ सय ६५ रुपैयाँ रहेको छ बोनस शेयरपछि कम्पनीको चुक्ता पुँजी ८० करोड ५१ लाख रुपैयाँ पुग्नेछ ।
लक्ष्मी लघुवित्त वित्तीय संस्था :
लक्ष्मी लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट चुक्ता पुँजीको २० प्रतिशत बोनस शेयर र ७.३६८४२१ प्रतिशत नगद लााभांश गरी कुल २७.३६८४२१ प्रतिशत लाभांश दिने घोषणा गरेको हो । हाल कम्पनीको चुक्ता पुँजी ३२ करोड ४५ लाख रुपैयाँ रहेको छ २७ प्रतिशत बोनस शेयरपछि कम्पनीको चुक्ता पुँजी ८३ करोड ८५ लाख रुपैयाँ पुग्नेछ ।
सिभिल लघुवित्त वित्तीय संस्था :
सिभिल लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट १९ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि १ प्रतिशत नगद गरी कुल २० प्रतिशत लाभांश घोषणा गरेको हो । हाल संस्थाको चुक्ता पुँजी २४ करोड २१ लाख २१ हजार ३ सय ७९ रुपैयाँ रहेको छ १९ प्रतिशतका दरले हुन आउने ४ करोड ६० लाख ३ हजार ६२ रुपैयाँ बराबरको बोनस शेयर पछि कम्पनीको चुक्ता पुँजी २८ करोड ८१ लाख २४ हजार ४ सय ४१ रुपैयाँ पुग्नेछ ।
गुराँस लघुवित्त वित्तीय संस्था :
गुराँस लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको मुनाफाबाट १६.९०६ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.८८९८ प्रतिशत नगद गरी कुल १७.७९६ प्रतिशत लाभांश घोषणा गरेको हो । हाल संस्थाको चुक्ता पुँजी ८ करोड ३४ लाख रुपैयाँ रहेको छ । १६.९०६ प्रतिशत बोनस शेयर पछि कम्पनीको चुक्ता पुँजी ९ करोड ७५ लाख पुग्नेछ ।
डिप्रोक्स लघुवित्त वित्तीय संस्था :
डिप्रोक्स लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्ष ०७७/०७८ कोे मुनाफा र गत वर्षको संञ्चित मुनाफाबाट शेयरधनीहरुलाई चुक्ता पुँजीको २० प्रतिशत बोनस शेयर र १.०५३ प्रतिशतले हुन आउने १ करोड २१ लाख ७५ हजार २ सय रुपैयाँ कर सहितको नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो ।
साधना लघुवित्त वित्तीय संस्था :
साधना लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्ष ०७७/०७८ को मुनाफाबाट शेयरधनीहरुलाई चुक्ता पूँजीको २५ प्रतिशत अर्थात ६ करोड ४२ लाख ४५ हजार १ सय रुपैयाँ बराबरको बोनस शेयर र १.३२ प्रतिशत अर्थात ३३ लाख ८१ हजार ३ सय २१ रुपैयाँ नगद लाभांश गरी कुल २६.३२ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो।
स्वरोजगार लघुवित्त वित्तीय संस्था :
स्वरोजगार लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्ष ०७७/०७८ को मुनाफाबाट शेयरधनीहरुलाई २५ प्रतिशत अर्थात १० करोड २८ लाख १९ हजार ८ सय २४ रुपैयाँ बराबरको बोनस शेयर दिने घोषणा गरेको हो । हाल संस्थाको चुक्ता पुँजी ४१ करोड १२ लाख ३९ हजार २ सय रुपैयाँ रहेको छ । २५ प्रतिशत बोनस शेयर पछि कम्पनीको चुक्ता पुँजी ५१ करोड ४० लाख ४९ हजार रुपैयाँ पुग्नेछ ।
फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था :
फर्स्ट माइक्रोफाइनान्सले गत आर्थिक वर्ष ०७७/७८ को मुनाफाबाट शेयरधनीहरुलाई १० प्रतिशत बोनस शेयर र ०.५३ प्रतिशत नगद लाभांश गरी कुल १०.५३ प्रतिशत लाभांश दिने घोषणा गरेको हो । हाल कम्पनीको चुक्ता पुँजी ८७ करोड ६८ लाख रुपैयाँ रहेको छ । १० प्रतिशत बोनस शेयरपछि कम्पनीको चुक्ता पुँजी ९६ करोड ४४ लाख रुपैयाँ पुग्नेछ ।
उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र लघुवित्तको साधारणसभाले पारित गरेपछि मात्र शेयरधनीहरुले पाउने छन्।


