images
images

१३ कम्पनीको लाभांश घोषणा, नगद र बोनस शेयर कति ?


  • 2.3K
    SHARES
  • २०७८ आश्विन २२ गते शुक्रबार

    १३ कम्पनीको लाभांश घोषणा, नगद र बोनस शेयर कति ?

    काठमाडौं । १३ वटा कम्पनीहरुले लाभांशको घोषणा गरेका छन । नेप्सेमा सूचीकृत भएका कम्पनीमध्ये १३ वटा मर्चेन्ट बैकिङ् कम्पनीले गत आर्थिक वर्ष ०७७/७८ को मुनाफाबाट शेयरधनीहरुलाई  लाभांश वितरण गर्ने घोषणा गरेका हुन् । 

    सुचीकृत कम्पनीमध्ये लाभांश प्रस्ताव गर्ने कम्पनीहरुमा प्रभु क्यापिटल, एनएमबी क्यापिटल, मुक्तिनाथ क्यापिटल, सिद्धार्थ क्यापिटल, सानिमा क्यापिटल, बि ओ के क्यापिटल, एनआईशी एशिया क्यापिटल, सीबीआईएल क्यापिटल, सनराईज क्यापिटल, एनआईबीएल एस क्यापिटल, सेन्चुरी क्यापिटल, नेपाल बंगलादेश क्यापिटल, माछापुच्छ्रे कृति क्यापिटल लिमिटेड आदि रहेका छन् ।  

    एनआईशी एशिया क्यापिटल लिमिटेडको सबैभन्दा धेरै ४८ प्रतिशत नगद लाभांश रहेको छ । भने अहिले सम्म कम लाभांश दिने कम्पनीमा सेन्चुरी क्यापिटल लिमिटेडको ६.२५ प्रतिशत रहेको छ । 

    कुनले कति दिए लाभांश ?

    प्रभु क्यापिटल :

    प्रभु क्यापिटल लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई चुक्ता पूँजीको २२.३८८५ प्रतिशत बोनस शेयर र १७.६१ प्रतिशत नगद लाभांश गरी कूल ४५.९९८५ प्रतिशत कर सहितको लाभांश दिने निर्णय गरेको हो  । 

    एनएमबी क्यापिटल :

    एनएमबी क्यापिटल लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई शेयरधनीहरुलाई चुक्ता पूँजीको ३० प्रतिशत कर सहितको नगद लाभांश दिने निर्णय गरेको हो  । 

    मुक्तिनाथ क्यापिटल :

    मुक्तिनाथ क्यापिटल लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई शेयरधनीहरुलाई चुक्ता पूँजीको १८ प्रतिशत कर सहितको नगद लाभांश दिने निर्णय गरेको हो  । 

    सिद्धार्थ क्यापिटल :

    सिद्धार्थ क्यापिटल लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई शेयरधनीहरुलाई चुक्ता पूँजीको ४० प्रतिशत कर सहितको नगद लाभांश दिने निर्णय गरेको हो  । 

    सानिमा क्यापिटल :

    सानिमा क्यापिटल लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई शेयरधनीहरुलाई चुक्ता पूँजीको २५ प्रतिशत नगद कर सहितको लाभांश दिने निर्णय गरेको हो  । 

    बि ओ के क्यापिटल :

    बि ओ के क्यापिटल लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई शेयरधनीहरुलाई चुक्ता पूँजीको १८ प्रतिशत कर सहितको नगद लाभांश दिने निर्णय गरेको हो  । 

    एनआईशी एशिया क्यापिटल :

    एनआईशी एशिया क्यापिटल लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई शेयरधनीहरुलाई चुक्ता पूँजीको ४८ प्रतिशत कर सहितको नगद लाभांश दिने निर्णय गरेको हो  । 

    सीबीआईएल क्यापिटल :

    सीबीआईएल क्यापिटल लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई चुक्ता पूँजीको २५ प्रतिशत कर सहितको नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो  । 

    सनराईज क्यापिटल :

    सनराईज क्यापिटल लिमिटेडले गत आर्थिक वर्षकोे मुनाफाबाट शेयरधनीहरुलाई चुक्ता पुँजीको ४० प्रतिशत कर सहितको नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो  । 

    एनआईबीएल एस क्यापिटल :

    एनआईबीएल एस क्यापिटल लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई चुक्ता पुँजीको २६ प्रतिशत  कर सहितको नगद लाभांश दिने निर्णय गरेको हो ।

    सेन्चुरी क्यापिटल मार्केट लिमिटेड :

    सेन्चुरी क्यापिटल मार्केट लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई चुक्ता पुँजीको ६.२५ प्रतिशत कर सहितको नगद लाभांश दिने निर्णय गरेको हो ।

    नेपाल बंगलादेश क्यापिटल :

    नेपाल बंगलादेश क्यापिटल लिमिटेडले गत आर्थिक वर्षको संचित मुनाफाबाट शेयरधनीहरुलाई चुक्ता पूँजीको १९ प्रतिशत कर सहितको नगद लाभांश दिने निर्णय गरेको हो । 

    माछापुच्छ्रे कृति क्यापटिल :

    माछापुच्छ्रे कृति क्यापिटल लिमिटेडले गत आर्थिक वर्षकोे मुनाफाबाट शेयरधनीहरुलाई चुक्ता पुँजीको ६.४ प्रतिशत अर्थात १ करोड ७१  लाख २७ हजार रुपैयाँ कर सहितको नगद लाभांश र चुक्ता पुँजीको ७ प्रतिशत अर्थात १ करोड ८७ लाख ३२ हजार रुपैयाँ बोनस शेयर गरी कुल १३.४ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो । 

    capital.JPG

     

     

     

     

     


    images

    Logo