images
images

बोनस शेयर र लाभांश दिने प्रस्ताव सहित २ कम्पनीले बोलाए साधारणसभा, बुक क्लोज कहिले ?


  • 944
    SHARES
  • २०७८ आश्विन २५ गते सोमबार

    बोनस शेयर र लाभांश दिने प्रस्ताव सहित २ कम्पनीले बोलाए साधारणसभा, बुक क्लोज कहिले ?

    काठमाडौं । दुई वटा कम्पनीले साधारणसभाको मिति तय गरेका छन् । बोनस शेयर नगद लाभांश र वार्षिक विवरण अनुमोदन गर्ने प्रस्तावसहित कम्पनीले साधारणसभा गर्न लागेको हो । नबिल बैंक लिमिटेड र रैरङ हाइड्रोपावर कम्पनी लिमिटेडले वार्षिक साधारणसभा गर्न लागेको हो ।  

    रैरङ हाइड्र पावर कम्पनी लिमिटेडको वार्षिक साधारणसभा कात्तिक १७ गते बुधबार बिहान ११ बजे कम्पनीको केन्द्रीय कार्यालय थापाथली काठमाडौंमा भर्चुअल माध्यमबाट बस्दैछ । असोज २४ गते बसेको सञ्चालक समितिको बैठकले कम्पनीको १८ औं साधारणसभा गर्न लागेको हो । 

    सो साधारणसभामा कम्पनीले आर्थिक वर्ष ०७७/०७८ कोे मुनाफाबाट शेयरधनीहरुलाई चुक्ता पुँजीको १२.६ प्रतिशत  कर सहितको नगद लाभांश वितरण गर्ने प्रस्ताव गर्नेछ ।

    साथै उक्त साधारणसभामा कम्पनीले आर्थिक वर्ष ०७७/०७८ कोे आर्थिक प्रतिवेदन प्रस्तुति छलफल तथा लेखा परिक्षकको प्रतिवेदन सहितको आर्थिक वर्ष ०७७र०७८ नाफा नोक्सान हिसाब र सोही अवधिको नगद प्रवाह वित्तीय विवरण छलफल र स्वीकृत गर्ने छ । 

    सो साधारण सभा प्रयाेजनका लागि कम्पनीले कात्तिक ४ गते एकदिन लागि बुकक्लोज गर्ने भएको छ। जसअनुसार कात्तिक ३ गतेसम्म कायम भएका शेयरधनीहरुले बैंकको साधारण सभामा सहभागी हुन र बैंकले वितरण गर्ने बोनस शेयर र नगद लाभांश पाउनेछन् । 

    नबिलबैंक लिमिटेडको वार्षिक साधारणसभा कात्तिक १७ गते बिहान ११ बजे कम्पनीको सभा कक्ष नक्साल काठमाडौंमा बस्दैछ ।असोज १९ गते बसेको सञ्चालक समितिको ९५ औं बैठकले बैंकको १२ औं वार्षिक साधारणसभा गर्न लागेको हो ।

    सो साधारणसभामा बैंकले आर्थिक वर्ष ०७७/०७८ कोे मुनाफाबाट शेयरधनीहरुलाई चुक्ता पुँजीको ३५ प्रतिशत अर्थात ७ करोड रुपैयाँ बोनस शेयर र १.८४२१०५३ प्रतिशत अर्थात ३६ लाख ८४ हजार कर बाहेकको नगद लाभांश वितरण गर्ने प्रस्ताव गर्नेछ ।

     


    images

    Logo