images
images

देउराली लघुवित्त गाभ्न आरम्भ चौतारी लघुवित्तलाई राष्ट्र बैंकको अन्तिम स्वीकृति


  • 421
    SHARES
  • २०७८ कार्तिक १ गते सोमबार

    देउराली लघुवित्त गाभ्न आरम्भ चौतारी लघुवित्तलाई राष्ट्र बैंकको अन्तिम स्वीकृति

    काठमाडौं । चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेडले देउराली लघुवित्तलाई गाभ्न अन्तिम स्वीकृति पाएको छ । प्रारम्भिक सम्झौता गरी एक्विजिसन प्रक्रिया थालेका रहेका दुई संस्थाको स्वीकृतिलाई राष्ट्र बैंकले सोमबार अन्तिम स्वीकृति दिएको हो । 

    आरम्भ चौतारीले देउरालीलाई १००ः८४ अनुपातमा प्राप्ती गर्न समझदारी गरेको थियो । समझदारी अनुसार एक्विजिसनपछि संस्थाको नाम आरम्भ चौतारी लघुवित्त नै रहनेछ भने आरम्भ चौतारीका वर्तमान सञ्चालकहरु नै नयाँ एक्विजिसनपछि पनि कायम रहनेछन् । 

    आरम्भ चौतारी राष्ट्रिय स्तरको लघुवित्त संस्था हो भने देउराली लघुवित्त लुम्बिनी प्रदेश कार्यक्षेत्र भएको प्रादेशिक स्तरको लघुवित्त संस्था हो ।


    images

    Logo