काठमाडौं । सानिमा बैंकले निक्षेपकोे ब्याजदर समायोजन गरेको छ । राष्ट्र बैंकको निर्देशन अनुसार बैंकले संस्थागत मुद्दती निक्षेपको ब्याजदरलाई ८.०६ प्रतिशतमा झारेको हो । यसअघि यस्तो ब्याजदर ८.५१ प्रतिशत तोकिएको थियो ।
मंगलबार राष्ट्र बैंकले संस्थागत निक्षेपको ब्याजदर व्यक्तिगत निक्षेपको भन्दा १ प्रतिशत कम हुनुपर्ने व्यवस्था गरेपछि सानिमा बैंक पनि यो व्यवस्थाबाट प्रभावित भएको हो । व्यक्तिगत निक्षेपको ब्याज भने बैंकले ९.०६ प्रतिशतमा यथावत राखेको छ ।
उता बचत खातामा यसअघि तोकिएको ४ प्रतिशत ब्याजदरलाई बढाएर ४.०६ प्रतिशतदेखि ४.५० प्रतिशतसम्म कायम गरिएको छ ।
अहिले राष्ट्र बैंकले वाणिज्य बैंकका लागि अधिकतम ९.३६ प्रतिशत ब्याजदर तोकिदिएको छ । अरु बैंकले अधिकतम विन्दुमा रहेर ब्याजदर निर्धारण गरेका छन् । सानिमाले तोकेको ब्याजदर योभन्दा ०.३० प्रतिशत विन्दुले कम हो ।


