काठमाडौं । एनआईशी एशिया बैंकले निक्षेपको ब्याजदर घटाएको छ । दोहोरो अंकमा ब्याजदर तोकेको एनआईशी एशियाले बुधबार मध्यरातमा घटेको ब्याजदर तालिका सार्वजनिक गरेको हो । यो ब्याजदर बिहीबारदेखि लागु हुने बैंकले जनाएको छ ।
बैंकले मुद्दती खातामा ९.३६ प्रतिशत र बचत खातामा ५ देखि ७ प्रतिशत ब्याज तोकेर नयाँ तालिका सार्वजनिक गरेको हो । यसअघि बचतमा ८.१० प्रतिशत र मुद्दतीमा ११.१० प्रतिशत ब्याजदर तोकिएको थियो । असोज महिनाका लागि बैंकले मुद्दतीमा ८.६ प्रतिशत र बचतमा ३.६ प्रतिशत ब्याजदर तोकेको थियो ।
राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई बुधबारसम्मको समय दिएर ब्याजदर घटाउन निर्देशन दिएको थियो । निर्देशन बमोजिम अधिकांश बैंकले बुधबार दिउँसै नयाँ दर सार्वजनिक गरी लागु गरेका थिए ।