images
images

मंसिरमा पनि घट्यो वाणिज्य बैंकहरूको ब्याजदर, कुन बैंकको कति ?


  • 737
    SHARES
  • २०८१ कार्तिक ३० गते शुक्रबार

    मंसिरमा पनि घट्यो वाणिज्य बैंकहरूको ब्याजदर, कुन बैंकको कति ?

    काठमाडौं । अधिकांश वाणिज्य बैंकहरूले मंसिर महिनाका लागि ब्याजदर घटाएका छन् । नेपालमा संचालित २० वाणिज्य बैंकहरुमध्ये १२ वाणिज्य बैंकहरुले मंसिर महिनाका लागि कात्तिकको तुलनामा ब्याजदर घटाएका हुन् ।

    यस्तै ८ बैंकले असोज महिनाकै ब्याजदरलाई निरन्तरता दिएका छन् भने राष्ट्रिय वाणिज्य बैंकले मंसिरको लागि ब्याजदर बढाएको छ ।

    कात्तिक महिनामा व्यक्तिगत मुद्दति निक्षेपको अधिकतममा औषतमा ६.१८७८ प्रतिशतविन्दुका दरले ब्याज दिइरहेका २० वाणिज्य बैंकहरुले मंसिर महिनामा औषतमा ५.९७०३ प्रतिशतविन्दुका दरले ब्याज दिने भएका छन्। बैंकहरुको औषत ब्याजदर मंसिर महिनामा ०.२१७४ प्रतिशतविन्दु घटेको हो।

    मंसिर महिनाका लागि कृषि विकास बैंक, सिटिजन्स बैंक, ग्लोबल आइएमई बैंक, कुमारी बैंक, लक्ष्मी सनराइज बैक, नबिल बैंक, नेपाल एसबिआई बैंक, एनआईसी एसिया बैंक, एनएमबि बैंक, प्राइम र स्ट्याण्डर्ड चार्टड बैंकले व्यक्तिगत र संस्थागततर्फको ब्याज झिनो प्रतिशतले घटाएका छन्। 

    त्यस्तै एभरेष्ट बैंक, हिमालयन बैक, नेपाल बैंक, नेपाल इन्भेष्टमेन्ट मेगा बैक, प्रभु बैंक, सानिमा बैंक र सिद्दार्थ बैंकले आफ्नो ब्याज स्थिर राखेका छन। 

    मंसिर महिनामा सबैभन्दा बढी ब्याज दिने बैंक एनआईसी एशिया बैंक रहेको छ। सो बैंकले व्यक्तिगत मुद्दति निक्षेपमा अधिकतममा ६.७९ प्रतिशतका दरले ब्याज दिने भएको छ। सबैभन्दा कम ब्याज भने लक्ष्मी सनराइज बैंकको रहेको छ। यस्तो निक्षेपमा सो बैंकले अधिकतममा ५.५ प्रतिशतका दरले ब्याज दिनेछ।

    बैंक कात्तिकको ब्याजदर % मंसिरको ब्याजदर % 
    कृषि विकास बैंक ५.७५ ५.५३
    राष्ट्रिय वाणिज्य बैंक ५.८
    नेपाल एसबीआई बैंक
    लक्ष्मी सनराइज बैंक ५.५
    ग्लोबल आईएमई बैंक ६.२५ ५.७५
    कुमारी बैंक ६.०१ ५.७१
    प्राइम कमर्सियल बैंक ५.७५
    नेपाल बैंक ५.९५ ५.९५
    सानिमा बैंक ६.१५ ६.१५
    सिटिजन्स बैंक ५.७५ ५.६५
    नबिल बैंक ६.२५ ५.७५
    इन्भेस्टमेन्ट मेगा बैंक ६.५ ६.५
    सिद्धार्थ बैंक
    स्टान्डर्ड चार्टर्ड बैंक ६.५ ६.२५
    माछापुच्छ्रे बैंक
    प्रभु बैंक ६.१ ६.१
    एनएमबी बैंक ६.५ ५.५७
    एनआईसी एसिया बैंक ६.९९ ६.७९
    हिमालयन बैंक ६.२५ ६.२५
    एभरेस्ट बैंक


    images

    Logo