काठमाडौं । नेपाल इन्स्योरेन्सको नायव प्रमुख कार्यकारी अधिकृतमा वीर कृष्ण महर्जन नियुक्त भएका छन् ।
कात्तिक ५ गते बसेको सञ्चालक समितिको बैठकले रिक्त बरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृतमा महर्जन लाई कात्तिक ७ गते आइतबार देखि लागु हुने गरी नियुक्त गरेको हो ।
महर्जन लाई ४ वर्ष कार्यकालका लागि कार्यकारी अधिकृतमा नियुक्त गरेको कम्पनीले जनाएको छ ।