images
images

लघुवित्त बैङ्कर्स संघको साधारणसभा सम्पन्न, अध्यक्षमा प्रकाशराज शर्मा चयन, नयाँ कार्यसमिति यस्तो 


  • 600
    SHARES
  • २०७८ कार्तिक ७ गते आइतबार

    लघुवित्त बैङ्कर्स संघको साधारणसभा सम्पन्न, अध्यक्षमा प्रकाशराज शर्मा चयन, नयाँ कार्यसमिति यस्तो 

    काठमाडौं । नेपाल लघुवित्त बैङ्कर्स संघको पन्ध्रौं साधारण सभा सम्पन्न भएको छ । 

    सो साभारणसभा कात्र्तिक ०५ गते होटल क्राउन इम्पेरियल, रविभवन, काठमाडौंमा सम्पन्न भएको हो  । सो साधारणसभाले लघुवित्त बैङ्कर्स संघको अध्यक्षमा प्रकाशराज शर्मालाई निर्विरोध चयन गरेको हो । उक्त सभाले अध्यक्ष शर्मा सहित ११ जनाको नयाँ कार्य समितिलाई निर्विरोभ निर्वाचित गरेको छ । 

    साथै उपाध्यक्षमा मिन बहादु बोहरा, महासचिवमा रामबहादुर यादव, कोषाध्यक्षमा प्रम बहादुर पाठक र सचिवमा केशव कुमार पौडेल सहित ६ सदस्य निर्विरोध निर्वाचित भएका छन् । 

    प्रमुख अतिथि, नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर श्री बम बहादुर मिश्र बाट उद्घाटन भएको उक्त सभामा नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक देव कुमार ढकाल, नेपाल र्बैकर्स संघका अध्यक्ष  भुवन दाहाल, नेपाल वित्तीय संस्था संघका अध्यक्ष सरोज काजी तुलाधर, नेपाल लघुवित्त संघका अध्यक्ष श्री जगत बहादुर पोखरेल तथा नेपाल लघुवित्त र्बैकर्स संघका पूर्व–अध्यक्षहरु श्री राम चन्द्र जोशी र श्री धर्म राज पाण्डे बाट शुभकामना मन्तव्य व्यक्त गरेका थिए । 

     

    NMBA AGM Photo 2 (1).jpg

    प्रमुख अतिथि नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर श्री बम बहादुर मिश्रल संघको नयाँ कार्यसमितिको चयन राम्ररी होस् भन्ने शुभकामना दिए । उनले लघुवित्त संस्थाहरुको २०७८ असार मसान्तको कूल पूँजी कोष ३९ अर्ब, सदस्यहरुको निक्षेप १३० अब, अन्य संस्थाहरुबाट सापटी २०७ अर्बका साथै लगानीमा रहिरहेकोकर्जा ३६६ अर्ब रहेका र गत आर्थिक वर्षमा धेरै संस्थाहरुले राम्रैव्यवसाय गरेको देखिएको बताए ।  उनले लघुवित्त क्षेत्रबाट आएका मागहरु सम्बन्धमा संघसंग छलफल गर्ने आश्वासन पनि दिए । 

    संघका अध्यक्ष श्री वसन्तराज लम्सालको अध्यक्षतामा सञ्चालन भएको सभाको वन्द सत्रले आ.व. २०७७/७८ को वाषिर्क प्रतिवेदन तथा लेखा परीक्षण प्रतिवेदन र २०७८/७९ को वार्षिक कार्यक्रम तथा बजेट पारित गरेका थिए ।

    सभाले आगामी दुई वर्षका लागि निम्न पदाधिकारीहरु सम्मिलित संघको नयाँ कार्यसमितिको निर्विरोध चयन गरेको हो ।

    नेपाल लघुवित्त बैङ्कर्स संघ छाता संगठनका रुपमा २०६३ सालदेखि लघुवित्त क्षेत्रको हकहीतका लागिसक्रिय रहँदै आएको छ र विद्यमान ७० मध्ये ५० वटा लघुवित्त सस्थाहरु यसका सदस्य छन् । 


    images

    Logo