images
images

एनआईसी एशिया लघुवित्तको नाफा १५० प्रतिशत बढ्यो, शेयरमा लगानी कति सुरक्षित ?


  • 481
    SHARES
  • २०७८ कार्तिक १० गते बुधबार

    एनआईसी एशिया लघुवित्तको नाफा १५० प्रतिशत बढ्यो, शेयरमा लगानी कति सुरक्षित ?

    काठमाडौं । एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाले १६ करोड २६ लाख ७५ हजार रुपैयाँ खुद नाफा कमाएको छ । 

    लघुवित्तले सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो त्रैमासिक वित्तीय विवरण अनुसार गत आर्थिक वर्षको पहिलो त्रैमासको तुलनामा लघुवित्तको नाफा १५० प्रतिशतले वृद्धि भएको हो ।
     
    गत आर्थिक वर्षको पहिलो त्रैमासमा संस्थाले ६ करोड ४९ लाख ३७ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । उक्त संस्थाको नाफा आर्थिक वर्षको सोही अवधिमा बढेर १६ करोड २६ लाख ७५ हजार रुपैयाँ पुगेको हो ।  

    त्यसैगरी संस्थाको खुद व्याज आम्दानी गत आर्थिक वर्षको पहिलो त्रैमासको तुलनामा १७ करोड ८२ लाख अर्थात १०३ प्रतिशतले वृद्धि भएको छ । 

    हाल १ अर्ब ७३ करोड ९४ लाख रुपैयाँ चुक्ता पुँजी रहेको उक्त संस्थाको जगेडा कोषमा ९९ करोड ८५ लाख रुपैयाँ थपिएको छ । 
    उक्त वित्तीय विवरण अनुसार संस्थाले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ३ अर्ब १९ करोड २७ लाख ३६ हजार रुपैयाँ निक्षेप संकलन गरेको छ भने २० अर्ब ६१ करोड २६ लाख रुपैयाँ सापटी लिएको छ । संस्थाले यो आर्थिक वर्षको पहिलो त्रैमासमा २२ अर्ब ३ करोड ६४ लाख ३ हजार रुपैयाँ बराबरको कर्जा लगानी गरेको छ । 

    एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाको प्रतिशेयर आम्दानी ३६.३१ रुपैयाँ, मुल्य आम्दानी ३१.१२ र प्रतिशेयर नेटवर्थ १५७.४१ प्रतिशत रहेको छ । उल्लेखित मुल्य आम्दानी अनुपातले एनआईसी एशिया लघुवित्तका लगानी कर्ता एक रुपैयाँ आम्दानीका लागि ३१.१२ रुपैयाँ लगानी गर्न तयार छन् भन्ने  बुझाउँछ । यसको अर्थ सो शेयरमा लगानी गर्नेले ३.२१ प्रतिशत मात्रै आम्दानी गरिरहेका छन् भन्ने  हो । 

    अहिले बजारमा वाणिज्य बैंकको बचत खातामा समेत ७ प्रतिशत भन्दा माथिको व्याज अफर भइरहेको अवस्थामा यो कम्पनीको शेयरमा लगानी गर्नु आधारभुत रुपमा जोखिमपूर्ण हो । तर प्राविधिक पक्ष र प्रतिस्पर्धात्मक लाभको आधारमा भने लगानी सुरक्षित वा असुरक्षित दुवै हुने सम्भावना छ । 

     


    images

    Logo