images
images

७७% बढ्यो लक्ष्मी बैंकको नाफा, यी ३ कारणले आकर्षक बन्यो रिपोर्ट


  • 680
    SHARES
  • २०७८ कार्तिक १५ गते सोमबार

    ७७% बढ्यो लक्ष्मी बैंकको नाफा, यी ३ कारणले आकर्षक बन्यो रिपोर्ट

    काठमाडौं । लक्ष्मी बैंकको नाफा ७७ प्रतिशतले बढेको छ । बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ५५ करोड २८ लाख रुपैयाँ पुर्याउँदा नाफामा ७६.९९ प्रतिशत वृद्धि देखिएको हो । 

    बैंकको नाफा बढ्नुमा ब्याज आम्दानीमा भएको वृद्धि, शुल्क तथा ब्याज आम्दानी तथा निक्रिष्य कर्जा अनुपातमा भएको सुधार प्रमुख कारण देखिएको छ । बैंकले यो वर्ष खुद ब्याज आम्दानी ७६ करोडबाट बढाएर ८९ करोड पुर्याएको छ । शुल्क तथा ब्याज आम्दानी १८ करोडबाट बढाएर २५ करोड पुर्याएको छ । 

    बैंकको निष्क्रिय कर्जा यो वर्ष झन्डै आधा घटेको छ । निष्क्रिय कर्जा घट्दा बैंकले छुट्याउनुपर्ने इम्पेरिमेन्ट चार्ज झन्डै १२ करोड रुपैयाँ कम भएको छ । यसले समेत नाफा वृछिलाई सघाएको छ । 

    सो बैंकले त्रैमासको अन्त्यसम्म १ खर्ब १६ अर्ब रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब १२ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको छ । निक्षेप र कर्जाको यो आकार अघिल्लो वर्षको भन्दा क्रमशः २ अर्ब र ६ अर्ब रुपैयाँ बढी हो । 


    images

    Logo