images
images

'सय करोड क्लब'मा ५ वाणिज्य बैंक : एनएमबि भित्रियो, प्राइम बाहिरियो


  • 1.3K
    SHARES
  • २०७८ कार्तिक १५ गते सोमबार

    'सय करोड क्लब'मा ५ वाणिज्य बैंक : एनएमबि भित्रियो, प्राइम बाहिरियो

    काठमाडौं । ५ वाणिज्य बैंक ३ महिनामै अर्ब भन्दा बढी कमाउने 'सय करोड क्लब' मा परेका छन् । एनआईशी एशिया बैंक, नबिल बैंक, राष्ट्रिय वाणिज्य बैंक, ग्लोबल आईएमई बैंक र एनएमबि बैंक सर्वाधिक नाफा कमाउने ५ बैंक बन्दै सो क्लबमा समेत परेका हुन् ।

    एनआईसी एशिया बैंकले सर्वाधिक १ अर्ब १८ करोड, नबिल बैंकले १ अर्ब १२ करोड, ग्लोबल आईएमई १ अर्ब ११ करोड, राष्ट्रिय वाणिज्य बैंक १ अर्ब ५ करोड र एनएमबि बैंक १ अर्ब ४ करोड नाफासहित सो स्थानमा रहेका हुन् । 

    अघिल्लो वर्ष प्राइम कमर्शियल बैंक यो सूचीमा परे पनि यो वर्ष नाफा घटेका कारण सो क्लबको सूचीबाट बाहिरिएको छ । एनएमबि बैंकले भने पहिलोपटक यो स्थान हासिल गरेको छ । ४२ प्रतिशत नाफा वृद्धि गरेपछि सो बैंक यो सूचीमा परेका हुन् । 

    यी ५ वाणिज्य बैंकले मात्रै कुल ५ अर्ब ५१ करोड रुपैयाँ नाफा कमाएका छन् ।


    images

    Logo