काठमाडौं । वाणिज्य बैंकहरुले कर्जा प्रवाहमा सुधार गरेका छन् । निक्षेप संकलन भने फेरी घटेको छ ।
असोज महिना देखि कात्तिक महिनाको पहिलो सातासम्म कर्जा प्रवाह ठप्प रहेको बैंकहरुले एकसातामा २० अर्ब रुपैयाँले कर्जा विस्तार गरेका छन् । कात्तिक दोस्रो सातासम्म बैंकहरुले ४० अर्ब १८ अर्ब रुपैयाँ कर्जा विस्तार गरेका छन् ।
कात्तिक दोस्रो सातासम्म बैंकहरुको कर्जा प्रवाह ३९ खर्ब ९८ अर्ब रुपैयाँ रहेको थियो ।
भदौ महिना देखि सुधारिएको वाणिज्य बैंकहरुको निक्षेप संकलन कात्तिक महिनाको पहिलो सातासम्म आइपुग्दा २० अर्ब रुपैयाँले घटेको थियो भने एक सातामा फेरी २ अर्ब रुपैयाँले घटेर ४२ अर्ब ४७ अर्ब रुपैयाँ पुगेको छ ।
नेपाल बैंकर्स संघको तथ्याङक अनुसार कात्तिक महिनाको पहिलो सातासम्म बैंकहरुको निक्षेप संकलन ४२ खर्ब ४९ अर्ब रुपैयाँ रहेको थियो ।


