images
images

तिहारअघि १६ बैंकको लाभांश घोषणा, ५ बैंकले बोलाए साधारणभा


  • 732
    SHARES
  • २०७८ कार्तिक २० गते शनिबार

    तिहारअघि १६ बैंकको लाभांश घोषणा, ५ बैंकले बोलाए साधारणभा

    काठमाडौं । तिहारअघि १६ वाणिज्य बैंकले लाभांश घोषणा गरेका छन् । आर्थिक वर्ष २०७७/७८ को नाफाबाट सो संख्यामा बैंकहरुले लाभांशको घोषणा गरेका हुन् । 

    यो वर्ष सबैभन्दा पहिले सिटिजन्स बैंकले लाभांश घोषणा गरेको थियो । नबिल बैंकले घोषणा गरेको लाभांशसँगै सो संख्या १६ पुगेको हो । 

    यो वर्ष सबैभन्दा बढी लाभांश नबिल बैंकले दिएको छ । सो बैंकले ३३.६ प्रतिशत बोनस शेयर र ४.४ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो । 

    दोस्रो सर्वाधिक लाभांश हिमालयन बैंकको छ । सो बैंकले २१.३८ प्रतिशत बोनस र ४.६२ प्रतिशत नगगद लाभांश दिएको छ । बाँकी बैंकको लाभांश भने २० प्रतिशत भन्दा कम छ । त्यसमध्ये कुमारी बैंकको लाभांश मात्रै एकल अंकमा रहेको छ । 

    सर्वाधिक लाभांश दिने बैंकको सूचीमा त्यसपछि क्रमशः सानिमा बैंक, नेपाल बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक, सिटिजन्स बैंक, एनएमबि बैंक नेपाल बंगलादेश बैंक र सिद्धार्थ बैंक रहेका छन् । यी बैंकहरुको लाभांश १५ प्रतिशत माथि रहेको छ । 

    त्यस्तै, माछापुच्छ्रे बैंक र बैंक अफ काठमाण्डूको १४ प्रतिशत, ग्लोबल आईएमईको १३.५ प्रतिशत, स्ट्यान्डर्ड चार्टर्डको १३.०६ प्रतिशत, एभरेष्ट बैंकको १०.३६ प्रतिशत तथा कुमारी बैंकको ८.६७ प्रतिशत लाभांश घोषणा भएको छ । 

    ५ बैंकको साधारणसभा आह्वान, ३ वटाको सकियो

    लाभांश घोषणा भएका १६ बैंकमध्ये हालसम्म ५ वटा बैंकले साधारणसभा बोलाएका छन् । सानिमा बैंक, कुमारी बैंक र सिटिजन्स बैंक माछापुच्छ्रे बैंक र नेपाल बंगलादेश बैंकले साधारणसभा बोलाएका हुन् ।

    यीमध्ये पनि ३ बैंकको साधारणसभा सम्पन्न भइसकेको छ । सबैभन्दा पहिले सानिमा बैंकको साधारणसभा आइतबार सम्पन्न भएको हो । कुमारी र सिटिजन्स बैंकको साधारणसभा भने मंगलबार सम्पन्न भएको हो । त्यस्तै माछापुच्छ्रे बैंकले आगामी शुक्रबार (कात्तिक २६ गते) तथा नेपाल बंगलादेश बैंकले मंसिर २ गते आह्वान भएको छ ।


    images

    Logo