काठमाडौं । महुली लघुवित्तको थप सार्वजनिक निष्कासन (एफपीओ) शुक्रबार अथात् भोली बाँडफाँट हुने भएको छ । बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटलका अनुसार शुक्रबार बिहान १०ः३० बजे आफ्नै कार्यालय नयाँ बानेश्वर काठमाडौंमा एफपीओ बाँडफाँट गर्ने तयारी गरिएको छ । यता, महुली लघुवित्तको एफपीओ हात पार्न भाग्यकै भरपर्नु पर्नेछ । यसमा मागभन्दा ५२.३४ गुणा बढी आवेदन परेको छ ।
यसर्थ गोलाप्रथाबाट एफपीओ बाँडफाँट हुनेछ । यसमा १७ लाख ५८ हजार ८ सय ५३ जनाले कुल २ करोड ४८ लाख ८५ हजार ८ सय ४० कित्ताका लागि आवेदन दिएका छन् । जसमा ४७ हजार ५ सय ४५ जनाले मात्र सेयर हात पार्नेछन् । बाँकी १७ लाख ११ हजार ३ सय ८ जनाको भने हात खाली हुनेछ ।
महुलीले पुस ५ गतेदेखि ९ गतेसम्म ४ करोड ७५ लाख ४४ हजार ९१५ रुपैयाँ बराबरको एफपीओ जारी गरेको थियो । जसअनुसार प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्यमा ४ लाख ७५ हजार ४ सय ४९ कित्ता शेयर निष्कासन भएको हो ।
कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटल रहेको छ ।


