images
images

मोटरसाइकल एसेम्बल उद्योगका लागि उद्योग विभागले तोक्यो ४ शर्त


  • 682
    SHARES
  • २०७८ कार्तिक २३ गते मंगलबार

    मोटरसाइकल एसेम्बल उद्योगका लागि उद्योग विभागले तोक्यो ४ शर्त

    काठमाडौं । उद्योग विभागले मोटरसाइकल एसेम्बल उद्योगका लागि ४ वटा मापदण्ड तोकेको छ । विदेशबाट पाटपुर्जा आयात गरी जडान गर्ने उद्योगका लागि विभागले यस्तो मापदण्ड तोकेको हो । 

    यसरी तोकिएको मापदण्डमा एसेम्बल गरिएका मोटरसाइकलमा हुने मूल्य अभिवृद्धि, एसेम्बल उद्योगले दिनुपर्ने रोजगारी, आन्तरिक उत्पादनको प्रयोग र वातावरणीय जोखिम न्यूनीकरणका विषय समेटिएका छन् । 

    सोमबार विभागले उक्त मापदण्ड सार्वजनिक गरेको छ । जस अनुसार एसेम्बल गर्ने उद्योगले पहिलो वर्ष १० प्रतिशत र त्यसपछिको ५ वर्षसम्म ३० प्रतिशतको दरले मूल्य अभिवृद्धि गर्नुपर्ने शर्त तोकेको छ । 

    त्यस्तै, पहिलो वर्ष कम्तीमा ५० जना कर्मचारी र त्यसपछिका ५ वर्षसम्म २०० जनालाई प्रत्यक्ष रोजगारी दिनुपर्ने शर्त सोत तोकिएको छ । त्यसरी एसेम्बल गर्ने मोटरसाइकलमा उद्योगले ५ वर्षभित्र कम्तीमा १० प्रतिशत नेपालमै बनेका सामान प्रयोग गर्नुपर्ने शर्त समेत तोकिएको छ । 

    त्यस्तै, एसेम्बल गरिएका मोटरसाइकलमा वातावरण विभाग, यातायात व्यवस्था विभाग, उद्योग विभाग लगायतले तोकेको वातावरणीय मापदण्ड पूरा हुनुपर्ने शर्त समेत उल्लेख गरिएको छ ।

    assemble-udhyog.jpg


    images

    Logo