images
images

१०८१ मिटर खनियो सिद्धबाबा सुरुङमार्ग, ‘ब्रेक थ्रु’ गर्न ८ मिटर मात्रै बाँकी (भिडियाे)


  • 591
    SHARES
  • २०८१ पौष २४ गते बुधबार

    १०८१ मिटर खनियो सिद्धबाबा सुरुङमार्ग, ‘ब्रेक थ्रु’ गर्न ८ मिटर मात्रै बाँकी (भिडियाे)

    काठमाडौं । सिद्धबाबा सुरुङमार्ग छिचोलिन ८ मिटर मात्रै बाँकी रहेको छ । पुस २३ गतेसम्म एक हजार ८९ मिटर लामो सुरुङमार्गको १ हजार ८१ मिटर खनिसकेको हो । 

    सिद्धबाबा सुरुङमार्ग योजनाका अनुसार उत्तर तर्फबाट ४७७ मिटर र दक्षिणबाट ६०४ मिटर खनिएको छ । सुरुङमार्गमा २ वटा बाइपास यसअघि नै ‘ब्रेक थ्रु’ भएका छन् ।  

    सुरुङमार्ग ‘ब्रेक थ्रु’ हुने चरणमा पुगेपनि कंक्रिट लाइनिङ, उत्तर र दक्षिण तर्फ स्लोप निर्माणको काम धेरै नै बाँकी छ। आयोजनाका अनुसार कुल भौतिक प्रगति ३८.८५ प्रतिशत हुँदा वित्तिय तर्फ ३९.९० प्रतिशत भएको छ । 

    सिद्धबाबा सुरुङमार्गका योजनाले अबको केही दिनभित्रै औपचारिक कार्यक्रमगरी ‘ब्रेक थ्रु’ गर्ने जनाएकाे छ ।

    सुरुङमार्ग ‘ब्रेक थ्रु’ भएपनि गाडी सञ्चालन हुनकोलागि अझै १ वर्ष लाग्ने छ ।

    हेर्नुहोस् भिडियोमा


    images

    Logo