images
images

३ सिमेन्टको उत्पादन बजारबाट फिर्ता गर्न निर्देशन


  • 1.1K
    SHARES
  • २०७८ मंसिर २ गते बिहीबार

    ३ सिमेन्टको उत्पादन बजारबाट फिर्ता गर्न निर्देशन

    काठमाडौं । गुणस्तर तथा नापतौल विभागले ३ वटा सिमेन्ट कम्पनीले उत्पादन गरेको सिमेन्ट बिक्रीमा रोक लगाएको छ । गुणस्तरहीन सिमेन्ट उत्पादन गरेको आरोपमा गुण्स्तरले मारुती सिमेन्ट, युनाइटेड सिमेन्ट र जगदम्बा सिमेन्टको बिक्रीवितरणमा रोक लगाएको हो । ती कम्पनीमाथि विभागले १५ दिने प्रष्टीकरण समेत सोधेको छ । 

    विभागले यसबाहेक जानकी केबल र श्री ग्यास वानको समेत उत्पादन बिक्रीमा रोक लगाएर प्रष्टीकरण सोधेको छ । बजार अनुगमनका क्रममा स्रकलन गरेको विभागले सो नमुनाको प्रयोगशालामा परीक्षण गर्दा गुणस्तरहीन भएको पाएको थियो । सो उत्पादनले नेपाल गुणस्तर ऐन, २०३७ तथा नियमावली, २०४० बमोजिम अनुसार गुणस्तर कायम नगरेकोले कारबाही गरिएको विभागका महानिर्देशक विश्वबाबु पुडासैनीको भनाइ छ । 

    मारुती सिमेन्ट सिराहामा उद्योग भएको कम्पनी हो । यसले उत्पादन गरेको ४३ ग्रेडको ओपीसी सिमेन्ट विभागले नमुना लिएको थियो । त्यस्तै, धादिङको युनाइटेड सिमेन्टले उत्पादन गरेको ५३ ग्रेड ओपीसी सिमेन्ट तथा रुपन्देहीमा रहेको जगदम्बा सिमेन्टको पिपिसी सिमेन्टको नमूनामा गुणस्तरको समस्या देखिएको हो । सोही कारण विभागले तीनै सिमेन्ट उद्योगका उत्पादनको बिक्री वितरण बन्द गरी बजारबाट फिर्ता लैजान भनेको छ । 

    मारुतीले उत्पादन गरेको सिमेन्टको कम्प्रेसिभ स्ट्रेन्थ नेपाल गुणस्तरअनुरुप नरहेको, कम्पनीले उत्पादन गरेको सिमेन्टको सात र २८ दिनको कम्प्रेसिभ स्ट्रेन्थ नेपाल गुणस्तरभन्दा कम भएको भन्दै कारबाही गरेको हो । कम्प्रेसिभ स्ट्रेन्थ क्रमशः ३३ र ४३ हुनुपर्नेमा ३१ र ३७ फेला परेको छ । 

    युनाइटेडले कम्पनीले उत्पादन गरेको सिमेन्टको सात र २८ दिनको कम्प्रेसिभ स्ट्रेन्थ नेपाल गुणस्तरभन्दा कम भएको भन्दै विभागले कारबाही गरेको हो । कम्प्रेसिभ स्ट्रेन्थ क्रमशः ३७ र ५३ हुनेपर्नेमा ३५ र ३९ फेला परेको परेको थियो । यसैैगरी, जगदम्बा कम्पनीले उत्पादन गरेको सिमेन्टको तीन र सात दिनको कम्प्रेसिभ स्ट्रेन्थ नेपाल गुणस्तरभन्दा कम भएको भन्दै कारबाही गरेको हो । कम्प्रेसिभ स्ट्रेन्थ क्रमशः १६ र २२ हुनुपर्नेमा १५ र २० फेला परेको थियो ।

    उता श्री ग्यास वानमा पनि सामान्य सुरक्षाका मापदण्ड पनि पूरा नगरेको विभागले जनाएको छ । सोही कारण यो ग्यासको बोटलिङ नै विभागले बन्द गरिदिएको छ । उद्योगले सिलिन्डरमा स्फेटी क्याप नलगाएको, टेर वेट नलिएको, पर्जिङ मेसिन प्रयोगमा नल्याएको र उद्योगमा सिभिटी मेसिनसमेत नभएको भन्दै कारबाही गरिएको हो । 

    सो उद्योगले एचएसटी मेसिन प्रयोग नगरेको, सिलिण्डर धुने पखाल्ने व्यवस्था नभएको, बिग्रेको भल्भ नै परिर्वतन गर्नुपर्नेमा मर्मत गरेको, स्प्रिङ्कल मेसिन चालू अवस्थामा नरहेको र प्रेरगजको क्यालिब्रेस नभएको अवस्थामा फेला पारेपछि ग्यास उद्योग नै बन्द गरेको विभागले जनाएको छ । 


    images

    Logo