images
images

हायात होटलमा सुरु भयो १८ औं हस्तकला व्यापार मेला


  • 455
    SHARES
  • २०७८ मंसिर ३ गते शुक्रबार

    हायात होटलमा सुरु भयो १८ औं हस्तकला व्यापार मेला

    काठमाडौं । काठमाडौंको बौद्धस्थित होटल हायात रिजेन्सीमा १८ औं हस्तकला व्यापार मेला तथा १६ हस्तकला प्रतियोगिता सुरु भएको छ । नेपाल हस्तकला महासंघको आयोजनामा शुक्रबार सुरु भएको उक्त मेलाको प्रधानमन्त्री शेरबहादुर देउवाले उक्त मेला तथा प्रतियोगिताको उद्घाटन गरेका हुन् । 

    कार्यक्रममा बोल्दै प्रधानमन्त्री देउवाले हस्तकलाको व्यापार, निकासी र राजश्वसम्बन्धी समस्यालाई समाधान गर्ने बताए । उनले नेपाली हस्तकलामा आधुनिकता थप्न सके यसप्रति आकर्षण बढ्ने भन्दै त्यसतर्फ लाग्न सरोकारवालाहरुलाई सुझाव समेत दिए । देउवाले हस्तकलाको मौलिक सीपलाई नयाँ पुस्तामा हस्तान्तरणमा समेत ध्यान दिनुपर्ने उल्लेख गरे । 

    कार्यक्रममा बोल्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले नेपाली पहिचान र संस्कृति झल्कने हस्तकला विदेशमा निर्यात गरी विदेशमा समेत नेपाली चिनारीको प्रचार भएको बताए । मन्त्री आलेले वार्षिक रुपमा ६ अर्बको हस्तकला निर्यात भइरहेको र आन्तरिक बजारमा २ अर्बको खपत रहेको भन्दै यो उत्पादनले ७ लाख भन्दा बढीलाई रोजगारी दिएको उल्लेख गरे । अहिले विश्वका ८० देशमा नेपाली हस्तकलाको निर्यात हुँदै आएको समेत उनको भनाइ थियो । 

    आजबाट सुरु भमएको उक्त मेला आइतबारसम्म चल्नेछ । सो मेलामा अवलोकनकर्तालाई प्रवेश निःशुल्क गरिएको छ । मेलामा ३ हजार अवलोकनकर्ता सहभागी हुने अनुमान आयोजकको छ । 


    images

    Logo