images
images

फागुनमा घट्यो घरजग्गा कारोबार, राजस्व संकलन भने साढे १४ प्रतिशतले बढ्यो


  • 453
    SHARES
  • २०८१ चैत्र २ गते शनिबार

    फागुनमा घट्यो घरजग्गा कारोबार, राजस्व संकलन भने साढे १४ प्रतिशतले बढ्यो

    काठमाडौं । गत आर्थिक वर्षको तुलनामा चालु आर्थिक वर्षको फागुन महिनामा घरजग्गाको कारोबार घटेको छ । भूमि व्यवस्था तथा अभिलेख विभागले सार्वजनीक गरेको तथ्यांक अनुसार आर्थिक वर्ष २०८०/८१ को तुलनामा चालु वर्षको फागुनमा कारोबार ९.६८ प्रतिशतले घटेको हो ।

    गत फागुनमा देशभर ५० हजार ९२१ वटा जग्गा लिखत पारित भएको थियो जुन यस वर्ष घटेर ४६ हजार ६१ को संख्यामा सिमित भएकाे छ । अघिल्लो आर्थिक वर्ष २०७९/८० को फागुन महिनामा ४० हजार ७३४ लिखतपारित भएको थियो । 

    चालु वर्षको माघको तुलनामा भने जग्गाको कारोबार स्थिर रहेको तथ्यांकमा देखिन्छ । गत महिनामा ४६ हजार ६९ वटा कारोबार भएका थिए । 

    जग्गाको कारोबार घटेपनि कारोबारबापत राज्यलाई प्राप्त हुने राजस्व भने बढेको छ । गत वर्षको सोही महिनामा उक्त क्षेत्रबाट ३ अर्ब ५९ करोड रुपैयाँ राजस्व संकलन भएको थियो । जुन यस फागुनमा १४.७६ प्रतिशतले बढेर ४ अर्ब १२ करोड रुपैयाँ पुगेको हो । अघिल्लो आर्थिक वर्ष २०७९/८० को फागुन महिनामा घरजग्गा कारोबारबापत ३ अर्ब ५६ करोड रुपैयाँ राजस्व संकलन भएको थियो । 

    फागुन महिनामा सर्वाधिक कारोबार भूमिसुधार तथा मालपोत कार्यालय इनरुवा, सुनसरीबाट भएको छ । उक्त कार्यालयबाट १ हजार ८४७ लिखतपारित भएको विभागको तथ्यांकमा जनाइएको छ । 

    त्यस्तै, भूमिसुधार तथा मालपोत कार्यालय भद्रपुर, मालपोत कार्यालय बेलवारी, भूमिसुधार तथा मालपोत कार्यालय जनकपुरधाम र राजविराजबाट पनि हजार भन्दा धेरै कारोबार फागुन महिनामा भएका छन् ।


    images

    Logo