काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंकको शेयर मुल्य समायोजन भएको छ । बैंकले वितरण गर्न प्रस्ताव गरेको १२.६६१ प्रतिशत बोनस शेयरपछि बैंकको शेयर मुल्य समायोजन भएको हो ।
गत बैशाख ३० गते सो बैंकको शेयर प्रतिकित्ता ४ सय ६० रुपैयाँमा अन्तिम कारोबार भएको थियो । सो मुल्यको आधारमा प्रस्तावित बोनसपछि बैंकको शेयर मुल्य ४ सय ८ रुपैयाँ ४९ पैसामा समायोजन भएको हो ।
हिमालयन बैंकसँग मर्जर प्रकियामा रहेका कारण यो बैंकको शेयर कारोबार ६ महिनादेखि बन्द छ । सोही कारण बैशाख ३० को अन्तिम मुल्यका आधारमा बैंकको शेयर मुल्य समायोजन भएको हो ।
प्रस्तावित बाेनसपछि बैंककाे चुक्ता पुँजी १८ अर्ब ३१ कराेड रुपैयाँ नाघ्नेछ ।