images
images

घट्यो सेयर बजार


  • 425
    SHARES
  • २०८२ बैशाख ९ गते मंगलबार

    घट्यो सेयर बजार

    काठमाडौँ । मंगलबार सेयर बजार ९.९६ अंक घटेको छ । योसहित तीन दिन लगातार बजार घटेको हो ।

    आजको कारोबारपछि नेप्से परिसूचक २६८८ अंकमा कायम भएको छ । कारोबार सुरु भएको १३ मिनेटमै नेप्से २७०७ अंकसम्म पुगेको थियो । तर माथि टिक्न सकेन ।

    बजार घट्दा कारोबार रकम पनि खुम्चिएको छ । अघिल्लो दिन ८ अर्ब ७७ करोडको कारोबार भएकोमा आज ८ अर्ब ३२ करोडको कारोबार भएको छ । ८६ कम्पनीको मूल्य बढ्दा १६० को घट्यो भने एउटाको स्थिर रहेको छ ।


    images

    Logo