images
images

'उद्योग क्षेत्रलाई सरकारले कहिलै प्राथामिकतामा राखेन'


  • 420
    SHARES
  • २०७८ मंसिर ९ गते बिहीबार

    'उद्योग क्षेत्रलाई सरकारले कहिलै प्राथामिकतामा राखेन'

    काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र ढकालले उद्योग क्षेत्रलाई सरकारले कहिलै पनि प्राथामिकतामा राखेको आभास आपूले नपाएको गुनासो गरेका छन् । सातौं राष्ट्रिय उद्योग दिवसको अवसरमा नेपाल उद्योग वाणिज्य महासंघको कार्यक्रममा ढकालले यस्तो बताएका हुन् । उपाध्यक्ष ढकाले सरकारले औद्योगिक नीति बनाउ“दा उद्योगी व्यवसायी र सरकोकारवालाहरुसँग कहिलै छलफल गर्ने नगरेको गुनासो गर्दै यही कारण सरकारले ल्याएका नीतिहरुको कार्यान्वयन प्रभावकारी हुन नसकेको दाबी समेत गरे ।

    कार्यक्रममा महासंघका अध्यक्ष शेखर गोल्छाले औद्योगिकरणको विकासका लागि लागत घटाउने उपायहरु उबलम्बन गर्नुपर्नेमा जोड दिए । उद्योगले उत्पादन लागत, वित्तीय लागत, प्रशासनिक लागत तथा स्थापना तथा बन्द गर्दा लाग्ने लागत समेत घटाउनुपर्ने उनले बताए । गोल्छाले औद्योगिकरणका लागि महासंघले ल्याएको भिजन पेपरलाई कार्यान्वयन गर्नुपर्नेमा जोड दिए । 

    कार्यक्रममा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव अर्जुनप्रसाद पोखरेलले औद्योगिक विकासमा सरकारको पूर्ण सहयोग रहेको भन्दै महासंघ ल्याएको भिजन पेपरलाई सरकारले समेत अपनत्व लिएको उल्लेख गरे । कार्यक्रममा उद्योग विभागका महानिर्देशक जीवलाल भुसालले औद्योगिक कामको सहजीकरण गर्ने उद्योग विभागलाई अब पूर्ण अटोमेसनमा लैजाने तयारी गरिरहेको उल्लेख गरे । 

    कार्यक्रममा महासंघका तर्फबाट भरत आचार्यले कार्यपत्र प्रस्तुुत गरेका थिए । उनले नेपालमा उद्योग सुरुवातको ७५ वर्ष पूरा भइसक्दा पनि अझै व्यापक सुधारमार्फत औद्योगिकीकरण प्रक्रियाको पर्खाइमा रहेको उल्लेख गरे । उनले छिमेकी देशहरुभन्दा नेपाल औद्योगिकरणको विषयमा निकै पछि रहेको भन्दै अरुले बाह्य लगानी भित्र्याउ“दा नेपाल प्रथम चरणको औद्योगीकरणको अवस्थामा रहेको भन्दै यही कारणले औद्योगिक विकासमा ढिलाइ भएको बताए । 


    images

    Logo