images
images

विद्यार्थीका लागि कर सम्बन्धी सचेतना र अन्तरक्रिया कार्यक्रम सम्पन्न


  • 3.0K
    SHARES
  • २०८२ बैशाख १२ गते शुक्रबार

    विद्यार्थीका लागि कर सम्बन्धी सचेतना र अन्तरक्रिया कार्यक्रम सम्पन्न

    ग्लोबल कलेज ईन्टनरनेशनलमा कर प्रणालीबारे व्यवहारिक ज्ञान साटासाट

    काठमाडौं । आन्तरिक राजस्व कार्यालय नयाँ वानेश्वरको आयोजनामा र ग्लोबल कलेज ईन्टनरनेशनलको समन्वयमा क्याम्पसस्तरीय कर कानून सचेतना तथा अन्तरक्रिया कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रम आज बिहान कलेजको हलमा एमबिए तहमा अध्ययनरत विद्यार्थीहरूलाई लक्षित गरी आयोजना गरिएको थियो।

    कार्यक्रममा कर अधिकृत रमेश श्रेष्ठले कर कानूनका आधारभूत तथा व्यवहारिक पक्षहरूबारे प्रशिक्षण प्रदान गर्दै सहभागी विद्यार्थीहरूको जिज्ञासाहरूलाई सम्बोधन गरे। प्रशिक्षणलाई थप प्रभावकारी बनाउन करसम्बन्धी सन्देशमूलक भिडियो सामग्रीहरू समेत प्रशारण गरिएको थियो, जसले सहभागीहरूमा करप्रति चेतना अभिवृद्धि गरेको थियो।

    d3aad0ec-8a70-4fb0-82c4-ac770b5ab985.jpg

    सहभागी विद्यार्थीहरूले यस्तो कार्यक्रममार्फत व्यवसायिक जीवनमा अत्यन्त उपयोगी करसम्बन्धी ज्ञान प्राप्त भएको प्रतिक्रिया दिएका छन्। कार्यक्रममा प्रमुख अतिथि तथा प्रोफेशनल एजुकेटर्स लिमिटेडका वित्त विभाग प्रमुख चार्टर्ड एकाउन्टेन्ट (CA) रमेशदत्त पाण्डेयले यस्तो प्रकारको कार्यक्रम व्यवस्थापन संकायका विद्यार्थीका लागि अत्यन्त उपयोगी भएको उल्लेख गर्दै भविष्यमा समेत यस्ता कार्यक्रम नियमितरूपमा गर्न अनुरोध गरे।

    कार्यक्रमका अध्यक्ष तथा प्रमुख कर अधिकृत गोविन्दराज आचार्यले कर प्रणालीमा भएका पछिल्ला सुधार र कर प्रशासनका समसामयिक विषयहरूबारे जानकारी दिँदै, "बिल र बीजकको संस्कारलाई मजबुत बनाउनु र व्यक्तिगत खातामा व्यवसायिक कारोबारको रकम जम्मा गर्न नमिल्ने कानूनको पालना गर्नुपर्ने अनिवार्यता" प्रति सबैलाई सचेत रहन आग्रह गरे।

    कार्यक्रमको सञ्चालन कर अधिकृत भवानी प्रसाद पौडेलले गरेका थिए।


    images

    Logo