images
images

सुनको मूल्य तोलामा १४०० रुपैयाँ घट्यो, कतिमा हुदैछ आजको कारोबार ?


  • 450
    SHARES
  • २०८२ बैशाख १५ गते सोमबार

    सुनको मूल्य तोलामा १४०० रुपैयाँ घट्यो, कतिमा हुदैछ आजको कारोबार ?

    काठमाडौँ । नेपाली बजारमा सोमबार सुनको मूल्य तोलामा १ हजार ४०० रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुनको मूल्य तोलामा १ लाख ८८ हजार ३०० रुपैयाँ कायम भएको हो । 

    आइतबार भने मूल्य १४०० बढी अर्थात् तोलामा १ लाख ८९ हजार ७०० रुपैयाँ कायम भएको थियो । 

    यस्तै चाँदीको मूल्य पनि घटेको छ । आइतबार तोलामा १ हजार ९९० रुपैयाँ कायम भएको चाँदीको मूल्य सोमबार तोलामा १ हजार ९७० रुपैयाँ कायम भएको हो ।


    images

    Logo