काठमाडौं । पेट्रोल, डिजल,मट्टीतेल र हवाई इन्धनको मूल्य घटेको छ । नेपाल आयल निगमले बिहिवार बिहानदेखि लागू हुनेगरी पेट्रोल, डिजेल, मट्टितेल र हवाई इन्धनको मूल्य घटाएको हो ।
निगमका अनुसार पेट्रोलको मूल्य लिटरमा २ रुपैयाँ, डिजेल र मट्टितेलको १ रुपैयाँ र आन्तरिकतर्फको हवाइ इन्धनको मूल्य ४ रुपैयाँले घटेको छ । एपी ग्यासकाे मुल्य घटेर आएपनि यसअघि देखिनै घाटा भएकाले मूल्य यथावत राखिएको छ ।
