images
images

पेट्रोलियम पदार्थको मूल्य घट्यो, अब कति पर्छ ?


  • 578
    SHARES
  • २०८२ जेठ १ गते बिहीबार

    पेट्रोलियम पदार्थको मूल्य घट्यो, अब कति पर्छ ?

    काठमाडाैं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगमले शुक्रबार राती १२ बजेदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य घटाएकाे हाे ।  

    यसअनुसार पेट्रोलको मूल्य प्रतिलिटर १ रुपैयाँले र डिजेल तथा मट्टितेलको मूल्य प्रतिलिटर ३ रुपैयाँले घटाइएको हो ।

    नयाँ मूल्य अनुसार काठमाडौं, पोखरा र दिपायलमा पेट्रोलको मूल्य प्रतिलिटर १५७ रुपैयाँ र डिजेलको मूल्य १४२ रुपैयाँ कायम गरिएको छ । सुर्खेत र दाङमा पेट्रोल १५६ र डिजेल १४१ रुपैयाँमा उपलब्ध हुनेछ । अन्य स्थानहरूमा पेट्रोलको मूल्य १५४.५० रुपैयाँ र डिजेलको मूल्य १३९.५० रुपैयाँ तोकिएको छ ।

    निगमले इन्डियन आयल कर्पोरेसनबाट बिहीबार प्राप्त मूल्य सूचीको आधारमा नयाँ मूल्य निर्धारण गरेको जनाएको छ । उक्त सूचीअनुसार पेट्रोलमा प्रतिलिटर १.०८ रुपैयाँ र डिजेलमा २.८० रुपैयाँको दरले मूल्य घटेको हो ।

    No description available.


    images

    Logo