काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । आज छापावाला सुनको मूल्य प्रतितोला १ लाख ९० हजार ७ सय रुपैयाँमा कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
शुक्तबार प्रतितोला १ लाख ९३ हजार ७ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज ३ हजार रुपैँयाले घटेर १ लाख ९० हजार ७ सय रुपैँयामा कायम भएको महासंघले जनाएको छ ।
यसैबिच शुक्रबार चाँदीको मूल्य पनि घटेको छ । महासंघका अनुसार बिहीबार २०७५ रुपैयाँ कायम भएको चाँदीको मूल्य आज घटेर तोलामा २ हजार १४५ रुपैयाँमा कायम भएको हो ।