काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । आज छापावाला सुनको मूल्य प्रतितोला १ लाख ९० हजार ६ सय रुपैयाँमा कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
आइतबार प्रतितोला १ लाख ९० हजार ७ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज १ सय रुपैँयाले घटेर १ लाख ९० हजार ६ सय रुपैँयामा कायम भएको महासंघले जनाएको छ ।
यसैबिच शुक्रबार चाँदीको मूल्य बढ्को छ । महासङ्घका अनुसार आज चाँदी तोलामा ५ रुपैयाँले बढेर २१५० रुपैयाँमा कारोबार भइरहेको छ ।